+

पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको टी-२०आई शृंखला

२०८२ माघ  १७ गते २०:०५ २०८२ माघ १७ गते २०:०५
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको टी-२०आई शृंखला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानले अस्ट्रेलियासँगको दोस्रो टी-२०आई खेलमा ९० रनले जित हासिल गरी शृंखलामा २-० को अग्रता बनाएको छ।
  • अस्ट्रेलियाले १५.४ ओभरमा १०८ रनमा अलआउट हुँदा क्यामरन ग्रीनले सर्वाधिक ३५ रन बनाए।
  • पाकिस्तानका अबरार अहमद र शादाब खानले ३-३ विकेट लिए भने कप्तान शाहिबजादा फरहानले सर्वाधिक ७६ रन बनाए।

१७ माघ, काठमाडौं । पाकिस्तानले अस्ट्रेलियासँगको टी-२०आई शृंखला जितेको छ । शनिबार भएको दोस्रो टी-२०आई खेलमा ९० रनको जित हासिल गर्दै पाकिस्तान एक खेल अगावै शृंखलामा विजयी भएको हो ।

पाकिस्तानले दिएको १९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५.४ ओभरमा १०८ रनमा अलआउट भयो । क्यामरन ग्रीनले सर्वाधिक ३५ रन बनाए । म्याथ्यु शर्टले २७ रन बनाए।

पाकिस्तानका अबरार अहमद र शादाब खानले ३-३ विकेट लिए । उस्मान तारिकले २ विकेट लिँदा सायम आयुब र मोहम्मद नवाजले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो । कप्तान सलमान अली आघाले सर्वाधिक ७६ रन बनाए । उस्मान खानले ५३ नरन बनाउँदा शादाब खान २८ रनमा अविजित रहे ।

अस्ट्रेलियाका जेभियर बार्टलेट, एडम जाम्पा, म्याथ्यु कुहनेमान, शन एबट र कूपर कोनोलीले १-१ विकेट लिए ।

यसअघि पहिलो टी-२० पनि जितेको पाकिस्तानले ३ खेलको शृंखलामा २-० को अग्रता बनाएको छ ।

अस्ट्रेलिया क्रिकेट टी-२०आई शृंखला पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय