+

ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अग्रता बढायो

२०८२ माघ  १८ गते ८:०८ २०८२ माघ १८ गते ८:०८
ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अग्रता बढायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस ला लिगामा बार्सिलोनाले एल्चेलाई ३-१ ले हराउँदै शीर्षस्थानमा आफ्नो अग्रता बढाएको छ।
  • बार्सिलोनाका लामिन यमाल, फेरान टोरेस र मार्कस रासफोर्डले एक-एक गोल गरे भने एल्चेका अल्भारो रोड्रिगेजले एक गोल गरे।
  • बार्सिलोनाको २२ खेलबाट ५५ अंक भएको छ भने दोस्रो स्थानको रियलको ५१ अंक छ।

१८ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले गएराति एल्चेलाई हराउँदै अग्रता बढाएको छ ।

एल्चेको मैदानमा भएको खेलमा बार्सिलोना ३-१ ले विजयी भएको हो । बार्सिलोनाको जितमा लामिन यमाल, फेरान टोरेस र मार्कस रासफोर्डले एक-एक गोल गरे । एल्चेका अल्भारो रोड्रिगेजले एकमात्र गोल गरे ।

खेलको छैटौं मिनेटमा यमालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा अल्भारोले एल्चेका लागि बराबरी गोल गरे । ४०औं मिनेटमा टोरेसले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-१ ले अगाडि राखे ।

दोस्रो हाफको ७२औं मिनेटमा रासफोर्डले बार्सिलोनाका लागि तेस्रो गोल गरे । त्यसपछि थप गोल भएनन् र बार्सिलोना ३-१ ले विजयी भयो ।

जितपछि बार्सिलोनाको २२ खेलबाट ५५ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियलको ५१ अंक छ । एल्चे २४ अंकसहित १२औ स्थानमा छ ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय