News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा सबै खेल जित्दै च्याम्पियन बनेको छ।
- नेदरल्यान्ड्सलाई ७ विकेटले हराउँदै बंगलादेशले १०३ रनको लक्ष्य २० बल बाँकी छँदै पूरा गर्यो।
- आयरल्याण्डले थाइल्यान्डलाई हराउँदै विश्वकपका लागि छनोट भएको छ र स्कटल्यान्ड र अमेरिकामध्ये विजेताले छनोट पाउनेछ।
१८ माघ, काठमाडौं । बंगलादेशले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटभर शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको छ ।
आइतबार विहान भएको सुपर सिक्सको खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । समूह चरणका चारवटै अनि सुपर सिक्समा ३ वटै खेल जित्दै बंगलादेश अपराजित रह्यो ।
नेदरल्यान्ड्सले दिएको १०३ रनको लक्ष्य बंगलादेशले २० बल बाँकी छँदै ३ विकेटको क्षतिमा पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । दुवै टोली यसअघि नै विश्वकपमा छनोट भइसकेका थिए ।
आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई पराजित गरेको छ । योसँगै आयरल्यान्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ५९ रनमा अलआउट भयो ।
सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले कुनैपनि खेल जित्न नसक्दा बाहिरिसकेको छ । अब स्कटल्यान्ड र अमेरिकामध्ये आज हुने खेलपछि विश्वकपमा छनोट हुने अर्को एक टोलीको टुंगो लाग्नेछ ।
अमेरिकाले केही ठूलो अन्तरको जित निकाल्नु पर्नेछ भने स्कटल्यान्डका लागि सामान्य जित पनि पर्याप्त हुनेछ ।
प्रतिक्रिया 4