१८ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो पार्टी पहिलो बन्ने आत्मविश्वासका साथ चुनावमा जाने दाबी गरेका छन् ।
आइतबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले अध्यक्ष केपी शर्मा ओलीले पनि झापा क्षेत्र नम्बर ५ बाट सहज जित निकाल्ने विश्वास व्यक्त गरे ।
‘राज्यका अंगलाई जसरी कमजोर बनाइएको छ, त्यसका लागि एमाले जस्तो दल पहिलो र बलियो नभइ राज्यका अंगको पनि आत्मविश्वास बढ्दैन,’ उपमहासचिव भट्टराईले भने, ‘पहिलो पार्टी बन्ने आत्मविश्वासका साथ नेकपा एमाले चुनावमा जान्छ र हामी पहिलो पार्टी बन्छौं ।’
साथै, झापा–५ आफ्नो पार्टीका लागि इतिहासको लिगेसी बोकेको क्षेत्र भएको पनि बताए ।
‘देशैभर नेकपा एमालेको जनतासँग घनिष्ठ सम्बन्ध । त्यसमाथि झापा हाम्रो इतिहासको लिगेसी बोकेको क्षेत्र हो । त्यसमा पनि झापा–५ हाम्रो अध्यक्ष निर्वाचन जित्दै आउनुभएको हो,’ उनले भने, ‘त्यहाँ हाम्रो अध्यक्षले त्यो क्षेत्रमा विकास निर्माणदेखि गर्नुपर्ने धेरै काम गर्नुभएको छ । त्यहाँको जनता र नेकपा एमालेको सम्बन्ध नङ र मासुको हो । आउने दिनमा पनि त्यो विश्वास नेकपा एमालेमाथि कायम हुन्छ र हाम्रो पार्टी अध्यक्षले झापा–५ मा सहज जित निकाल्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’
प्रतिक्रिया 4