+

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?

२०८२ माघ  १८ गते १७:५३ २०८२ माघ १८ गते १७:५३
ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यासको आगोमा सिधै रोटी सेक्दा कालो दाग लाग्छ र यसबाट हानिकारक रसायनहरू निस्कन सक्छ।

हामी सबैजसोको भन्सामा पाक्ने खाना हो, रोटी । दाउराको चुल्होमा पकाउने समयमा रोटी तावाबाट निकालेपछि भुंग्रोमा सेकाइन्थ्यो । अहिले दाउरा बाल्ने प्रचलन घट्दै छ र त्यसको ठाउँमा ग्यास चुल्होको प्रयोग बढ्दो छ ।

ग्यासमा रोटी पकाउने धेरैले तावाबाट निकालेपछि ग्यासको आगोमा राखेर रोटी सेक्ने गरेको देखिन्छ । यसरी ग्यासमा सेकेको रोटी खाँदा के हुन्छ, हामीमध्ये कमैले यसबारे सोचेका छौँ होला।

यसरी ग्यासमा सेकेको रोटी खानु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको भनाइ छ ।

उच्च तापक्रम भएको ग्यासमा रोटीलाई सिधै राख्दा छिट्टै कालो दागहरू बस्छन् । त्यो कालो दाग स्वास्थ्यका लागि हानिकारक हुन्छ । विज्ञहरूका अनुसार जलेको भाग खाँदा शरीरमा हानिकारक रसायनहरू निस्कन सक्छन् । लामो समयसम्म यही प्रक्रिया दोहोरिँदा यसले हाम्रो शरीरलाई असर गर्छ ।

यसले क्यान्सरजन्य पदार्थहरू विकास गर्ने जोखिम दोब्बर बढाउँछ । तर यसरी सेकेको रोटी खाँदैमा क्यान्सर हुन्छ भन्ने कुरा भने सत्य नभएको विज्ञको भनाइ छ ।

पाचन प्रणालीमा असर गर्ने तथा पेटसम्बन्धी समस्या बढाउने जोखिम हुन्छ । श्वास-प्रश्वास सम्बन्धी समस्या निम्त्याउन पनि यसले भूमिका खेल्छ । पोषण र क्यान्सर जर्नलमा प्रकाशित अर्को अध्ययन थियो, जसले उच्च तापक्रममा खाना पकाउँदा कार्सिनोजेनहरू उत्पादन हुने बताएको थियो ।

सिधै ग्यासको आगोमा सेकाएको रोटीले ग्यास्ट्राइटिस तथा एसिडिटीको समस्या बढाउन सक्छ ।

वातावरणीय विज्ञान र प्रविधि जर्नलमा प्रकाशित २०१५ को अध्ययन अनुसार, प्राकृतिक ग्यास चुल्होले कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड र वायु प्रदूषण गराउने सूक्ष्म कणहरू उत्सर्जन गर्छन् । यसलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्यका लागि हानिकारक मानेको छ ।

डढ्ने तथा कालो हुने हुँदा रोटीमा रहेको पोषकतत्त्व नष्ट हुन सक्छ । रोटीमा रहने पोषणलाई कायम राख्न पनि रोटीलाई सिधै ग्यासको आगोमा सेकाउन नहुने विज्ञहरू बताउँछन् ।

के गर्ने त ?

रोटी पकाउनु पर्दा सकेसम्म आयोगको चुल्होमा पकाउने । यदि ग्यासमा नै पकाउनु परेको खण्डमा सानो आगो बनाएर तावामा ओल्टाइपल्टाइ गर्दै सेक्ने । यसमा कपडाको प्रयोग गर्न पनि सकिन्छ ।

खाना रोटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम