+
+
Shares

भव्य महल छाडेर किन पुरानो घरमा बस्दैछिन् दुबइ शेखकी पूर्वपत्नी ?

एजेन्सी एजेन्सी
२०८२ माघ २० गते ६:५६

दुबइको तातो मरुभूमि र सिंगमर्मरका आलिशान महलहरूबाट हजारौं माइल टाढा रहेको बेलायतको एउटा सानो गाउँमा एकजना अरबी राजकुमारी बसोबास गर्न थालेकी छिन् ।

गाउँमा रहेको एउटा पूरानो  खण्डहर हवेलीलाई जीर्णोद्धार गरेर ती राजकुमारीले आफ्नो निवास बनाएकी छिन् ।

ती राजकुमारी आफ्ना पतिको डरले दुबईबाट भागेर बेलायत गएकी थिइन् । उनका पति दुबइका शासक हुन् ।

यो कहानी हो जोर्डनी राजाकी छोरी तथा दुबइका शासककी पूर्वपत्नी हाया बिन्त हुसैनको । सन् २०१९ मा आफ्ना पति रहेका दुबइका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमसँगको तलाक पछि हाया बिन्त हुसेन बसोबासका लागि बेलायत पुगेकी थिइन् ।

ती दुईबीचको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै महँगो तलाकमध्येको एक मानिन्छ । तलाकपछि पत्नी हायाले पति शेख मोहम्मद बिन राशिदबाट ५५ करोड ४० लाख पाउन्ड प्राप्त गरेको थिइन् ।

ती राजकुमारीले दुबईका भव्य महलहरूमा आधारित जीवनशैली छोडेर वेल्सको ग्रामीण क्षेत्रमा अवस्थित एक जर्जर भवनलाई आफ्नो नयाँ घर बनाउने निर्णय गरिन् । ५१ वर्षीया हाया बिन्त हुसैनले वेल्सको सुदूर गाउँ पविसमा रहेको इस्ट कन्ट्री होटलको भवनमा ३५ लाख  पाउन्ड खर्च गरिसकेकी छन् । उक्त भवनको रेनोभेसनमा उनले लाखौं पाउन्ड खर्च गरेर त्यसलाई भव्य बनाउँदैछिन् ।

द सनका अनुसार राजकुमारीको नयाँ निवासको भवन पुरानो भए पनि उच्च सुरक्षा व्यवस्था भएको स्थान हो ।

आफ्ना पति सँग बस्दा आफ्नो ज्यानको खतरा भएको भन्दै हाया बिन्त हुसैनले सन् २०१९ मा दुबइ छोडेकी थिइन् । दुबइका शासक शेख मोहम्मद बिन राशिदले एकजना बेलायती बडीगार्डसँग पत्नी हायाको सम्बन्ध रहेको शंका गरेसँगै उनीहरुको वैवाहिक सम्बन्ध टुटेको थियो ।

अहिले ७६ वर्ष उमेर पुगेका दुबइका शासक शेख मोहम्मदले पत्नी हाया, उनका बडीगार्ड र अन्य कर्मचारीहरूको फोन ह्याक गरेको आरोप लगाइएको थियो ।

त्यतिबेलादेखि नै हायाले दुबई छाडेर आफ्नो समय मध्य लन्डनस्थित घर तथा सरेस्थित एघममा रहेको घरमा बस्न थालेकी थिइन् । तर, सम्बन्धविच्छेदको अदालती निर्णयसँगै ती राजकुमारीले गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकता दिँदै  वेल्सको गाउँमा रहेको पूरानो भवनलाई आफ्नो निवास बनाउने निधो गरेकी हुन् । त्यस क्षेत्रमा उच्च सुरक्षा व्यवस्था छ ।

१८८८ मा निर्माण गरिएको उक्त भवन वेल्समा सर्वाधिक सुन्दर सम्पदामध्ये एक मानिन्छ ।

यसमा टेनिस कोर्ट, खेल मैदान, १०० भन्दा बढी प्रजातिका रूखहरूको बगैंचा, बिलियर्ड्स कक्ष र पुस्तकालय रहेको छ । घोडचढीकी शौखिन हायाले त्यहाँ भव्य घोडा तबेला बनाउन लगाएकी छिन् ।

द सनका अनुसार राजकुमारी हाया लन्डनको केन्सिंग्टन प्यालेस गार्डेनस्थित आफ्नो १० मिलियन पाउन्डको भव्य बंगलाबाट हरेक महिना हेलिकोप्टर चढेर वेल्सको उक्त घरमा पुग्छिन् । त्यहाँ चलिरहेको घर मर्मतमा उनी आफैंले निगरानी गरिरहेकी छिन् ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?