+
+
Shares

ट्रम्पकी पत्नीबारेको कथा ‘मेलानिया’ बन्यो सबैभन्दा महंगो डकुमेन्ट्री, ओपनिङमा उछाल

यो डकुमेन्ट्रीले ओपनिङ वीकेन्डमै झन्डै ७ मिलियन अमेरिकी डलर कमाएको छ । एउटा डकुमेन्ट्रीले कमाउने यो रकम निकै ठूलो परिणाम हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १३:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेलानिया ट्रम्पको जीवनमा आधारित डकुमेन्ट्रीले नर्थ अमेरिकाको बक्सअफिसमा ओपनिङ वीकेन्डमै झन्डै ७ मिलियन अमेरिकी डलर कमाएको छ।
  • फिल्म समीक्षकले यसलाई खराब भन्दै मेटाक्रिटिकमा १०० मा केवल ६ अंक र रटेन टोमाटोजमा १० प्रतिशत अप्रुवल रेटिङ दिएका छन्।
  • अमेजन एमजीएम स्टुडियोजले वितरण अधिकारका लागि ४० मिलियन डलर खर्च गरेको र मार्केटिङमा ३५ मिलियन डलर खन्याएको छ।

लस एन्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको जीवनमा आधारित डकुमेन्ट्री ‘मेलानिया’ ले नर्थ अमेरिकाको बक्सअफिसमा ओपनिङ त गजबकै गरेको छ । तर, फिल्म समीक्षक (क्रिटिक्स) लाई भने यो फिल्मले खासै प्रभावित पार्न सकेन ।

यो डकुमेन्ट्रीले ओपनिङ वीकेन्डमै झन्डै ७ मिलियन अमेरिकी डलर कमाएको छ । एउटा डकुमेन्ट्रीले कमाउने यो रकम निकै ठूलो परिणाम हो ।

फिल्मले पैसा त टन्नै कमायो, तर क्रिटिक्सले भने यसलाई ‘खराब’ भन्दै निकै कम रेटिङ दिएका छन् । यसलाई ब्रेट र्‍याटनरले निर्देशन गरेका हुन् । यो फिल्मले राष्ट्रपति ट्रम्पले दोस्रो पटक शपथ लिनुभन्दा २० दिन अघिको कथालाई समेटेको छ ।

अहिलेको माहोल हेर्दा के अनुमान गरिएको छ भने, यो फिल्म पछिल्लो एक दशककै सबैभन्दा सफल डकुमेन्ट्री बन्न सक्छ । फिल्मलाई लिएर भइरहेको यो चर्चाले सबैलाई अचम्ममा पारेको छ । स्वयम् प्रथम महिला मेलानिया ट्रम्पले पनि सामाजिक सञ्जाल ’एक्स’ मा आफ्नो खुसी साटेकी छन् । उनले यसलाई सबैले मन पराएको भन्दै ‘ए सिनेमास्कोर’ पाएको बताएकी छन् ।

उनले एउटा रोचक कुरा के पनि दाबी गरेकी छन् भने, अस्करका लागि मनोनित भएका उत्कृष्ट ५ फिल्मले भन्दा बढी कमाई त यो डकुमेन्ट्रीले अहिले नै गरिसक्यो । बक्स अफिसमा पैसाको वर्षा भए पनि गुणस्तरको मामिलामा भने यो डकुमेन्ट्री निकै कमजोर देखिएको छ । फिल्म समीक्षकले मेटाक्रिटिकमा यसलाई १०० मा केवल ६ अंक मात्र दिएका छन् ।

फिल्मको समीक्षा गर्ने चर्चित वेबसाइट ‘रटेन टोमाटोज’ मा यसले मात्र १० प्रतिसत अप्रुवल रेटिङ पाएको छ । सीधा शब्दमा भन्दा, १०० जना समीक्षक मध्ये १० जनाले मात्रै यसलाई ठिकठाक मानेका छन्, बाँकी ९० जनाले त यसलाई ’नराम्रो’ फिल्मको सूचीमा राखिदिएका छन् ।

यो डकुमेन्ट्रीका निर्देशक ब्रेट र्‍याटनरका लागि यो फिल्म निकै खास छ । किनभने, उनले झन्डै १२ वर्षपछि कुनै फिचर फिल्म वा डकुमेन्ट्रीको निर्देशन गरेका हुन् । उनी लामो समय फिल्म उद्योगबाट बाहिरै जस्तै थिए ।

उनीमाथि यौन उत्पीडनका कयौँ गम्भीर आरोप लागेका थिए, जसका कारण उनले ठूलो आलोचना खेप्नुपरेको थियो ।

यद्यपि, र्‍याटनरले आफूमाथि लागेका ती सबै आरोपलाई सधैँ नकार्दै आएका छन् । उनीमाथि कुनै पनि आपराधिक मुद्दा प्रमाणित भएन र कुनै कानुनी सजाय पनि भोग्नु परेन । त्यही भएर झन्डै एक दशकको मौनतापछि उनले यही ‘मेलानिया’ डकुमेन्ट्री मार्फत हलिउडमा आफ्नो पुनरागमन गरेका हुन् ।

पैसाको खोलो बगाए पनि यो फिल्मलाई साँच्चै सफल मान्न अझै निकै ठूलो मिहिनेत गर्नुपर्ने देखिन्छ । यसको लगानी सुन्दा त जोकोहीको होस उड्छ । अमेजन एमजीएम स्टुडियोजले यसको वितरण अधिकारको लागि ४० मिलियन डलर खर्च गरेको छ ।

मार्केटिङमा मात्रै थप ३५ मिलियन डलर खन्याइएको छ । ‘द हलिउड रिपोर्टर’ का अनुसार यो अहिलेसम्मकै सबैभन्दा महँगो डकुमेन्ट्री हो । अहिलेसम्म ७ मिलियन डलर मात्र कमाएको हुनाले, झन्डै ७५ मिलियन डलरको यो कुल खर्च उठाउन फिल्मले अझै धेरै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ ।

यो डकुमेन्ट्री हेर्ने दर्शकहरू को-को थिए त भन्नेबारे हलिउडको चर्चित पत्रिका ‘भेराइटी’ ले एउटा रोचक तथ्याङ्क निकालेको छ । फिल्म हेर्नेमध्ये झन्डै ७५ प्रतिशत दर्शक त नर्थ अमेरिकाकै थिए ।

त्यसपछि दोस्रो नम्बरमा ‘हिस्पानिक’ दर्शकहरू थिए, जसको संख्या कुल दर्शकको ११ प्रतिशत जति थियो । सजिलो भाषामा भन्दा, जो व्यक्ति वा समुदायको सम्बन्ध स्पेन वा स्पेनिस भाषा र संस्कृतिसँग छ, उनीहरूलाई ‘हिस्पानिक’ भनिन्छ । अमेरिकी राजनीतिमा यो समुदायको ठूलो प्रभाव रहने हुनाले मेलानियाको डकुमेन्ट्रीमा उनीहरूको उपस्थिति देखिनुलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?