+
+
Shares
डकुमेन्ट्री :

नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ लाई फ्रान्समा ‘उत्कृष्ट एसियाली फिल्म’ को अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली डकुमेन्ट्री 'जिरो टु ८८४८' ले फ्रान्सको वर्ल्ड फिल्म फेस्टिभलमा उत्कृष्ट एसियाली फिल्मको पुरस्कार जितेको छ।
  • फिल्मले झापा कचनकवलदेखि सगरमाथासम्मको यात्रा जलवायु परिवर्तन र भौगोलिक विविधताको सन्देशसहित प्रस्तुत गरेको छ।
  • ‘जिरो टु ८८४८’ ले वर्ल्ड फिल्म फेस्टिभल इन कान्सको वार्षिक प्रतिस्पर्धामा प्रवेश गरेको छ र आगामी जुन २०२६ मा सहभागी हुनेछ।

काठमाडौं । नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ ले फ्रान्सको प्रसिद्ध ‘वर्ल्ड फिल्म फेस्टिभल’ मा उत्कृष्ट एसियाली फिल्मको पुरस्कार जितेको छ ।

मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानेर फिल्मलाई अवार्ड प्रदान गरिएको जनाइएको छ ।

फिल्मले नेपालको सबैभन्दा होचो भूभाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई जीवन्त र गहिरो वास्तविकताका साथ प्रस्तुत गरेको छ ।

जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणको रूपमा बुझाउने दार्शनिक सन्देश पनि यस डकुमेन्ट्री फिल्ममा समेटिएको छ । फिल्मका टिम लिडर प्रेम बानियाँले भने, ‘बेस्ट एसियन फिल्म’ अवार्ड प्राप्त गर्नु हाम्रो लागि अत्यन्त गर्वको विषय हो ।’

फिल्मले नेपाल र एसियाका विषयवस्तु, पात्र र सोचलाई पनि अन्तर्राष्ट्रिय सम्मान दिएको उनले बताए । ‘सम्मानले हामीलाई अझ अर्थपूर्ण र प्रेरणादायी कथा सिर्जना गर्न उत्साहित बनाएको छ’ उनले भने ।

यस अवार्डसँगै ‘जिरो टु ८८४८’ वर्ल्ड फिल्म फेस्टिभल इन कान्सको वार्षिक प्रतिस्पर्धामा प्रवेश गरेको विज्ञप्तिमा जनाइएको छ, जसअन्तर्गत जुन २०२६ मा आयोजना हुने वार्षिक समारोहमा फिल्मको सहभागिता रहनेछ ।

‘यस उपलब्धिले ‘जिरो टु ८८४८’ लाई एसियाबाट विश्व मञ्चमा उदाएको एक महत्वपूर्ण सिनेम्याटिक आवाजका रूपमा स्थापित गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

एक मिलियन अमेरिकी डलरमा निर्मित डकुमेन्ट्रीको परिकल्पना तथा नेतृत्व पत्रकार तथा लेखक समेत रहेका बानियाँले गरेका हुन् । डकुमेन्ट्रीमा चर्चित हलिउड डकुमेन्ट्री क्यारेक्टर तथा नर्थ फेसका ब्राण्ड एम्बेसडर कोनराड एन्ट्कर, १८ पटकसम्म सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह, पर्वतारोही आङ पासाङ शेर्पा फिचर्ड छन् ।

फिल्मको निर्देशन र सम्पादन नीरञ्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् । कार्यकारी निर्माता श्रीराम वाग्ले हुन् । कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जयनारायण शाह निर्माता हुन् ।

विश्वका प्रमुख सहरमा डकुमेन्ट्री प्रदर्शन गरिने भएको छ । यसअघि अमेरिकाको जर्जिया र नर्थ क्यारोलिनाको एएमसी थिएटरमा विशेष प्रदर्शन सम्पन्न भैसकेका छन् । जनवरी, २०२६ देखि विभिन्न अमेरिकी सहरमा प्रदर्शन गरिने र त्यसपछि विश्व यात्रामा निस्कने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?