+
+
Shares

रास्वपाको समानुपातिक सूचीमा पूर्वमिस नेपाल, अभिनेता, गायकदेखि टिभी होस्टसम्म

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १०:३५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीको वर्चस्व देखिएको छ।
  • सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट सूचीको चौथो स्थानमा छिन् भने गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट दोस्रो स्थानमा छन्।
  • सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो र सूचीमा केही कलाकारहरू समावेश छैनन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीको वर्चस्व देखिएको छ ।

मनोरञ्जन वृत्तका केही चर्चित अनुहारले सूचीमा स्थान बनाएका छन् । पूर्वमिस नेपालदेखि गायक, अभिनेता र टिभी कार्यक्रम संचालक सम्म सूचीमा अटाएका छन् ।

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट सूचीको चौंथो स्थानमा छिन् ।

गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट सूचीको दोस्रो स्थानमा छन् । यो क्लस्टरबाट पहिलो स्थानमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे छन्, जे पेशाले चिकित्सक पनि हुन् ।

टिभी कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा दलित महिला क्लस्टरबाट पहिलो स्थानमा अटाएकी छिन् । गायक, अभिनेता तथा टिभी होस्ट आसिफ शाह पनि सूचीमा छन् ।

आसिफ मुस्लिम क्लस्टरबाट पहिलो स्थानमा छन् । चर्चित गायिकाद्वय सत्यकला राई र त्रिशला गुरुङ पनि सूचीमा छन् ।

सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो । रास्वपासँग मिल्नुअघि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले क्यूएफएक्स प्रमुख नकिम उद्दिनसहितका केही कलाकारलाई पनि सिफारिस गरेको थियो ।

तर, ११० जनाको सूचीमा उनीहरू अटाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?