+
+
Shares

परिवर्तनकारी वैकल्पिक शक्ति निर्माणमा जुट्न रास्वपा र उनेपाको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते २१:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि एकताबद्ध हुन आह्वान गरेका छन्।
  • दुवै पार्टीबीच सातबुँदे सहमति–पत्रमा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा समान विचार भएका समूहलाई एकतामा आउन भनिएको छ।
  • रास्वपा सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)ले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेकाहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

दुई पार्टीबीच आज भएको एकतासम्बन्धी सातबुँदे सहमति–पत्रमार्फत उनीहरूले वैकल्पिक शक्ति निर्माणको लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।

दुई पार्टीले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा समान विचार भएकाहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।

सम्झौताको सातौं बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव निह्न ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।’

बलियो वैकल्पिक शक्ति निर्माणको प्रयासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज उनेपासँग एकता गरेको हो । रास्वपा सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले तथा बालेन्द्र शाहले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?