News Summary
Generated by OK AI. Editorially reviewed.- दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ शुक्रबारदेखि अत्याधुनिक 'इमर्सिभ फर्म्याट' ध्वनिसहित प्रदर्शनमा आउँदैछ।
- फिल्मको ध्वनि मिश्रण फेडर युनिट ५.५ मा गरिएको छ र हलहरूले ५.५ भन्दा कम भोल्यूम युनिटमा प्रदर्शन नगर्न अनुरोध गरिएको छ।
- निर्देशक राउतले ध्वनिको गुणस्तरबारे प्राविधिकलाई पत्राचार गरी व्यावसायिक प्रदर्शनअघि अनिवार्य ‘टेस्ट रन’ गर्न आग्रह गर्नुभएको छ।
काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । यो फिल्मलाई अत्याधुनिक ‘इमर्सिभ फर्म्याट’ ध्वनिको गुणस्तरमा मिश्रण गरिएको छ ।
डल्बी एटमस, डीटीएक्स र औरा-म्याक्सजस्ता ध्वनि प्रविधि जडित हलमा दर्शकले पूर्ण सिनेम्याटिक अनुभव लिन सकून भन्ने उद्देश्यले फिल्मको ध्वनि डिजाइन गरिएको जनाइएको छ ।
फिल्ममा समावेश गरिएको प्रविधिको यस्तो अपडेटबारे निर्देशक राउतले हलमा कार्य गर्ने प्राविधिकलाई पत्राचार गरेका छन् । पत्रमा फिल्ममा प्रयुक्त ध्वनिको गुणस्तरबारे जनाइएको छ ।
फिल्मको ध्वनि मिश्रण र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ । ध्वनिको ‘डाइनामिक्स’ लाई सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गरिएको राउतले उल्लेख गरेका छन् ।
प्रदर्शन अघि नै ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ । हलहरूलाई ५.५ भन्दा कम भोल्यूम युनिटमा फिल्म प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राउतले बताए ।
‘हामीले रचनात्मक रूपमै ५.५ फेडर युनिटलाई आधार मानेर काम गरेका हौँ । दर्शकले उत्कृष्ट अनुभव प्राप्त गरून् भन्नका लागि व्यावसायिक प्रदर्शन अघि एकपटक अनिवार्य ‘टेस्ट रन’ गरिदिन हामी आग्रह गर्दछौँ’ पत्रमा लेखिएको छ।
ध्वनिको यस्तो मापदण्डले घरेलु फिल्मको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ । यो फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काको शीर्ष अभिनय छ । महेन्द्र अधिकारी यसका लगानीकर्ता हुन् ।
प्रतिक्रिया 4