+
+
Shares

नयाँभन्दा पूरानै दलमा चुनावको बढी उत्साह देखियो : खिमलाल देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १७:२०

२० माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पूराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताएका छन् ।

नेपाल कानुन समाजले मंगलवार विज्ञहरूसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले पुराना दलहरूमा नै उत्साहित देखिएको बताएका हुन् ।

नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश अवस्थामा देखिएको टिप्पणी उनले गरे ।

डा. देवकोटाका अनुसार पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् । उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन ।

‘पूराना दलहरू सबै फिल्डमा छन् । उनीहरूको उत्साह मैले नयाँ दलहरूको भन्दा कम देखेको छैन । बरु नयाँ दलहरू चाँही विभाजित जस्तो, कोही बिरामीजस्तो । कतै चाहिँ कोलेशन गरौं गरौं भनेर प्रयत्न गरेजस्तो देखिन्छ,’ उनले भने ।

जेनजी आन्दोलनबाट नयाँ राजनीतिक शक्तिले ठूलो तागत प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको उनको दाबी छ ।

डा. देवकोटाले पुराना दलहरूसँग बलियो संगठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उनले उठाए ।

‘जे ढंगले जेन–जी मुभमेन्ट भएको थियो, त्यो ढंगले तागत प्राप्त भयो भन्ने थियो । तर नयाँ दलमा चाँही असाध्यै बढी निराशा बरु देखिरहेको छ,’ उनले भने, ‘पूराना दलहरूको बरु ८/१० लाख कमिटीहरू छन्, ज्ञारेन्टेड मतदाताहरू छन् । तर नयाँ दलहरूको लागी तिनको आधार केहो ? संगठन के हो ? सदस्यको आधार के हो ? भन्नेमा चाँही आंशका छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?