+
+
Shares

वैदेशिक रोजगारीमा ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्था खारेज गरौं : श्रममन्त्री

बाहिरबाट हेर्दा राम्रो देखिए पनि फ्री भिसा र फ्री टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छली र संगठित अपराधलाई बढावा दिएको उनको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १८:२८

२० माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले एक महिनाभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरू तोड्ने दाबी पनि गरे ।

उनले श्रमिकलाई ट्र्यापमा पार्ने खालका सबै प्रकारका कार्यविधि खारेज गर्दै आवश्यक नीतिगत सुधार गरिने बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीसँग जोडिएको फ्री भिसा र फ्री टिकटको व्यवस्था समस्याको रूपमा देखापरेको बताए ।

बाहिरबाट हेर्दा राम्रो देखिए पनि फ्री भिसा र फ्री टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छली र संगठित अपराधलाई बढावा दिएको उनको दाबी छ ।

‘हामी श्रमिकमैत्री नबनेकै हो । आत्मसमीक्षा गरौँ । अब हामीले वैदेशिक रोजगार ऐनअन्तर्गतको नियमावलीको नियम ५२ (३) मा कार्यविधि भनेको छ । त्यसमा कार्यविधिको प्रयोग गरेर यस क्षेत्रमा देखिएका समस्या तथा बाधा अड्चनहरू फुकाउन सकिनेछ भनिएको छ । अन्तरिम सरकारको कार्यकालमै वैदेशिक रोजगारसँग सम्बन्धी  कार्यविधि संशोधन गर्नका लागि समिति बनेको छ । समितिले स्टेकहोल्डरहरूसँग आवश्यक सुझाव लिएर काम गरिरहेको छ,’ मन्त्री भण्डारीले भने ।

उनले अगाडि भने, ‘वैदेशिक रोजगारसँग जोडिएको फ्री भिसा, फ्री टिकटको विषय पनि समस्याको रूपमा देखिएको छ । हेर्दा सुन्दा राम्रो लागे पनि त्यसले राजस्व चुहावटदेखि लिएर कर छली र संगठित अपराधहरू यसको माध्यमबाट भइरहेका छन् । त्यसकारण यस्ता प्रकारका पपुलिस्ट मुद्दालाई लिएर कहिलेसम्म हामी गुमराहमा पर्ने ? त्यसकारण यसलाई खारेज गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?