+
+
Shares

सफ्टवेरिका कलेजबाट आईटीका ४ सय विद्यार्थी दीक्षित 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १८:२६

२० माघ, काठमाडौं । नेपालको उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सबाट यो वर्ष ४ सय विद्यार्थी दीक्षित भएका छन् ।

बेलायतको प्रख्यात कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेजबाट स्नातकोत्तरतर्फ एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टिलिजेन्स, स्नातक तह अन्तर्गत बीएससी कम्प्युटिङ र बीएससी इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटीका विद्यार्थी दीक्षित भएका हुन ।

सूचना प्रविधि विकाससँगै बजारमा विद्यमान उच्च माग र आवश्यकता सम्बोधन गर्ने गरी सफ्टवेरिकाले प्रत्येक वर्ष आईटीमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

सफ्टवेरिकाबाट स्नातक र स्नातकोत्तरमा अत्याधुनिक प्रविधि सहित इथिकल ह्याकिङ र डेटा साइन्समा विद्यार्थीहरूले विशेष दखल प्राप्त गरेका छन् । अध्ययन क्रममा इन्टर्नसिप र शतप्रतिशत जब प्लेसमेन्ट सहायता पनि उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

दीक्षान्त समारोहमा कोभेन्ट्री विश्वविद्यालयकी एकेडेमी प्रो–भाइस चान्स्लर ज्यास्मिन सामरा र कलेज अफ इन्जिनियरिङ, साइन्स एन्ड इन्भाइरोमेन्ट प्रमुख डा. रेवेका बट्लरले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

दीक्षान्त समारोहमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपाल लगायत विश्व बजारमा आईटी जनशक्तिको माग उच्च रहेको बताए । दीक्षित विद्यार्थीले नेपाली औद्योगिक र व्यावसायिक क्षेत्रलाई डिजिटलाइज गर्न महत्त्वपूर्ण सहयोग गर्ने बताए । नेपालको आईटी जनशक्तिले अन्तर्राष्ट्रिय आईटी कम्पनीमा ब्याकअपका रूपमा काम गर्न सक्ने अवसर रहेको मल्लले बताए ।

सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीको सफलताको प्रमुख आधार व्यावहारिक सिकाइ रहेको र अध्ययन पूरा हुनुअघि प्रतिष्ठित कम्पनीमा रोजगारी सुरक्षित गर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?