+
+
Shares

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३ हजार १३५ उम्मेदवार

एक हजार ७७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १९:५२

२० माघ, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन भएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणउपर अध्ययन सकाएर अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फका लागि दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची बुझाएका थिए । प्राप्त उम्मेदवारीउपर छानबिन सकाएर आयोगले अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा समानुपातिक उम्मेदवार रहेका छन् । सबै दलका गरेर कुल उम्मेदवारको संख्या तीन हजार १३५ कायम भएको छ ।

समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरूष उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?