+
+
Shares

‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’को नेपाली अनुवाद बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वभर चर्चित पुस्तक ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ को नेपाली अनुवाद ‘विश्वको जन इतिहास’ बजारमा आएको छ।
  • बेलायती लेखक क्रिस हरमनद्वारा लिखित पुस्तक विकेश श्रेष्ठले नेपालीमा अनुवाद गरेका हुन्।
  • पुस्तकमा विश्व इतिहासका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक घटनाक्रम र जनताको संघर्षको विस्तृत इतिहास समेटिएको छ।

२१ माघ, काठमाडौं । विश्वभर चर्चित पुस्तक ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ को नेपाली अनुवाद ‘विश्वको जन इतिहास’ बजारमा आएको छ ।

बेलायती लेखक क्रिस हरमनद्वारा लिखित ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ पुस्तकको विकेश श्रेष्ठले नेपालीमा अनुवाद गरेका हुन् ।

पुस्तकमा विश्व इतिहासमा चिनियाँ सांस्कृतिक जनक्रान्तिदेखि विश्वभर आएका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक उथलपुथल, यसक्रममा नायक, खलनायकका रूपमा उदाएका पात्र, परिवर्तनका लागि जनताले गरेका अभूतपूर्व संघर्षहरुको विस्तृत इतिहास उल्लेख छ ।

आगामी समय र शताब्दीहरूमा यसको परिवर्तनको दिशा र ज्ञान प्राप्त गर्न विश्वका जनताको इतिहास पढ्नै पर्ने अनुभूति गरेर अंग्रेजी पुस्तकको नेपाली अनुवाद गरेको अनुवादक श्रेष्ठले बताए ।

‘जनता, देश र सिंगो संसारलाई नजिकबाट बुझ्न र बोध गर्न यो अत्यन्त उपर्युक्त पुस्तक छ,’ श्रेष्ठले भने, ‘संसारका जनताको इतिहास भन्ने यो सर्वोत्कृष्ट पुस्तकको नेपालीकरणका लागि निकै वर्षको मेहेनत गरेर नेपाली अनुवाद पुस्तकको रुपमा बजारमा ल्याउन सफल भएका छौं, यसबाट अधिक नेपाली पाठक लाभान्वित हुने अपेक्षा गरेका छौं ।’

बुकमार्क, भेर्सो/न्यूलेफ्ट बुकले सन् १९९९ मा प्रकाशन गरेको पुस्तकको नेपाली संस्करणको पेपर नेपालले आधिकारिक रुपमा अनुमति लिएर प्रकाशन गरेको हो ।

वर्गीय समाजको उदय, प्राचीन विश्वदेखि मध्यकाल, महान परिवर्तन, नयाँ प्रणालीको परिवर्तन, आशा र सन्त्रासको शताब्दी लगायतका विभिन्न खण्डमा विभाजित पुस्तक ५९३ पृष्ठको छ । १२८० रुपैयाँ बजार मूल्य रहेको पुस्तकको लेआउट डिजाइन गजेन्द्र चालिसेले गरेका हुन् ।

गहन अध्ययन र लेखनमा सक्रिय माक्सवादी राजनीतिक चिन्तक, विश्लेषक समेत रहेका अनुवादक श्रेष्ठको यसअघि क्रान्ति वर्ष: विचार र विश्लेषण (२०६३) पुस्तक प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?