२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् ।
आज बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् ।
लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्नेछन् ।
खुट्टामा संक्रमण भएपछि काठमाडौंमै आराम गरिरहेका उनी फागुन २१ को निर्वाचनको तयारीका लागि आज बल्ल चितवन पुगेका हुन् । उनी यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् ।
माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4