News Summary
Generated by OK AI. Editorially reviewed.- निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराब युट्युबमा ओएसआर मुभिजको च्यानलमार्फत सार्वजनिक भएको छ।
२३ माघ, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराब युट्युमा उपलब्ध भएको छ । सामाजिक ड्रामा/कमेडी मिश्रित फिल्म ओएसआर मुभिजको च्यानलमार्फत आज युट्युबमा सार्वजनिक गरिएको हो ।
निर्देशक बस्नेतले स्वयं यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यो फिल्म २०८१ कात्तिकमा हलमा रिलिज भएको थियो । आकाश बरालको लेखनी रहेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल लगायतका कलाकार छन् ।
युट्युबअघि यो फिल्म ओटीटी प्लेटफर्ममा समेत उपलब्ध गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4