+
+
Shares

‘एपस्टीन फाइल्स’ मा हिपहप स्टार जे-जेडको नाम पनि जोडियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १७:३१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपस्टीन फाइल्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम ४८०० भन्दा बढी पटक उल्लेख भइसकेको छ।
  • एफबीआई अनुसन्धानका नयाँ पृष्ठमा र्‍यापर जे-जेड, पुशा टी र हार्वे वेनस्टिनको नाम भेटिएको छ।
  • एपस्टीन फाइल्समा इलन मस्क, माइकल ज्याक्सन, मिक ज्यागर र बिल क्लिन्टनका नाम पनि छन् तर प्रत्यक्ष प्रमाण छैन।

वासिङ्टन । एपस्टीन फाइल्सबाट भइरहेका खुलासाले सारा संसारलाई स्तब्ध बनाएको छ । दिनदिनै नयाँ नयाँ नाम बाहिर आइरहेका छन्, र ती नामसँग जोडिएका कालो कर्तुतका तथ्य खुलिरहेका छन् ।

अमेरिकी यौन अपराधी तथा मानव तस्करीका दोषी जेफ्री एपस्टीनको अनुसन्धानसँग सम्बन्धित लाखौं पृष्ठका फाइलमा अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम ४८०० भन्दा बढी पटक उल्लेख भइसकेको छ ।

एक नयाँ रिपोर्टका अनुसार, एफबीआई अनुसन्धानका केही नयाँ पृष्ठमा चर्चित र्‍यापर जे-जेड र पुशा टीसँगै बदनाम हलिउड फिल्म निर्माता हार्वे वेनस्टिनको नाम पनि भेटिएको छ । २५ पटक ग्रामी अवार्ड जितेका जे-जेडको नाम यी कागजातमा धेरै पटक उल्लेख भएको बताइन्छ ।

एपस्टीनको मृत्यु सन् २०१९ मा भइसकेको थियो । तर त्यसको ६ वर्षपछि अहिले एपस्टीनसँग सम्बन्धित फाइल संसारभर धेरै व्यक्तिहरू पक्राउको कारण बनिरहेको छ ।

दर्जनौं राजनीतिक हस्ती, व्यापारी र प्रतिष्ठित पदाधिकारीको नाम यी फाइलमा उल्लेख भएपछि ठूलो हलचल मच्चिएको छ । ‘एपस्टीन फाइल्स’ जेफ्रीको जीवन र उनका अपराधहरूसँग सम्बन्धित अनुसन्धानका दस्तावेजहरू हुन् ।

ताजा जानकारी अनुसार, र्‍यापर जे-जेड, पुशा टी र हार्वे वेनस्टिनको नाम एपस्टीनका व्यक्तिगत रेकर्डमा प्रत्यक्ष रूपमा उल्लेख छैन । जुन कागजातमा यी नाम देखिएका छन्, तिनको अहिलेसम्म राम्रोसँग जाँच वा पुष्टि भएको छैन । उनीहरूको नाम एफबीआईलाई दिइएको एउटा सूचनामा आएको थियो, जसलाई पछि अभिलेखमा राखिएको थियो ।

एफबीआई रिपोर्टका अनुसार, एक गुमनाम पीडितले वर्षौंदेखि आफूलाई पटकपटक लागूपदार्थ खुवाएर यौन शोषण गरिएको आरोप लगाएकी छन्, र उनको ह्यान्डलर पुशा अर्थात् टेरेंस लेवर थर्नटन रहेको बताइएको छ ।

इलन मस्क, माइकल ज्याक्सन, मिक ज्यागर र बिल क्लिन्टनका नाम पनि यी फाइलमा भेटिएका छन् । तर यी दस्तावेजमा बारम्बार यो कुरा जोड दिइएको छ कि कसैको नाम उल्लेख हुनु मात्रै कुनै गलत कामको प्रमाण होइन । धेरै कागजात र तस्वीरमा यस्ता व्यक्तिहरूका नाम समावेश छन्, जसको एपस्टीनसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित भइसकेको छैन ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एपस्टीन फाइल्समा पति जे-जेडको नाम पनि जोडिएपछि गायिका पत्नी बियोन्सले इन्स्टाग्राममा १० लाख फलोअर्स गुमाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?