+
+
Shares

बलिउडको दु:ख, पार्श्व गायनमा छ रोयल्टी शून्य र न्यून पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन आइडलका पहिलो सिजन विजेता अभिजीत सावन्तले भारतमा पार्श्व गायकहरूले न्यून पारिश्रमिकमा काम गर्नुपरेको बताएका छन्।

‘इन्डियन आइडल’को पहिलो सिजनका विजेता गायक अभिजीत सावन्तले भारतमा पार्श्व गायकहरूले भोग्नुपरेको आर्थिक कठिनाइबारे मुख खोलेका छन् । हालैको एक अन्तर्वार्तामा सावन्तले फिल्म उद्योगभित्र धेरै गायकहरूले न्यून पारिश्रमिकमा काम गर्नु परेको बताएका हुन् ।

हालै मात्र बलिउडका प्रसिद्ध गायक अरिजीत सिंहले पार्श्व गायनबाट शन्यास लिएका छन् । अरिजीतको उक्त कदमपछि बलिउडमा पार्श्व गायनलाई लिएर पुनः बहस छेडिदिएको छ । त्यही छेकोमा सावन्तले भारतमा पार्श्व संगीतका गायकहरूको हकमा न्यून पारिश्रमिकसहित धेरै समस्या रहेको बाएका हुन् ।

उनले उद्योगमा काम गुम्ने डरले गायकहरू पारिश्रमिक वा रोयल्टीकाबारे खुलेर बोल्न हिचकिचाउने खुलासा गरे । यस्तो वातावरणले कलाकारहरूलाई आफ्नो हकहितका लागि आवाज उठाउनबाट रोक्ने उनको तर्क छ ।

त्यस्तै सावन्तले भारतीय र पश्चिमा देशको रोयल्टी प्रणालीबीचको आकाश-जमिनको फरकलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उनले संगीतकार बिद्दुको उदाहरण दिँदै बिद्दुले पश्चिममा गरेका केही सीमित कामबाट मात्रै अहिलेको बजार भाउ अनुसार महिनाको ७४ देखि ८४ लाख रुपैयाँ सम्म रोयल्टी पाउने तर भारतिय पार्श्व गायकहरूले नपाउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?