+
+
Shares

भारतको सहयोगप्रति प्रधानमन्त्रीले दिइन् धन्यवाद, राजदूतले भने– यो हाम्रो कर्तव्य

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १५:०६

२७ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध  गराएकोमा धन्यवाद दिएकी हुन् ।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताए ।

साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?