+
+
Shares

पुर्ख्यौली गाउँ पुगे बालेन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १८:०९

२७ माघ, जनकपुरधाम । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह आफ्नो पुर्ख्यौली गाउँ महोत्तरीको एकडाँडा गाउँपालिका वडा नं २ एकडाँडा पुगेका छन् । चुनावी अभियानको क्रममा आज सप्तरीबाट सिरहा धनुषा हुँदै उनी महोत्तरीको पुर्ख्यौली गाउँ एकडाँडा पुगेका हुन् ।

त्यस क्रममा उनी सप्तरी सिराहा धनुषाको विभिन्न ठाउँहरूमा पुगेका थिए । सिरहाको गोलबजार, कल्याणपुर हुँदै सिराहा र धनुषाको बीचमा रहेको कमला पुलमा पुगेका थिए । त्यसपछि धनुषाको शहीदनगरको यद्दुकोहा, धनुषाधाम हुँदै जनकपुर आइपुगेका थिए । यद्यपि जनकपुरको विभिन्न ठाउँमा राखिएको निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

उनी सिधै महोत्तरीको जलेश्वर पुगेका थिए । त्यहाँ एकछिन उनले जलेश्वरनाथ महादेवको बाहिरबाटै दर्शन गरेका छन् । त्यसपछि उनी आफ्नो पुर्ख्यौली गाउँ एकडाँडा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?