News Summary
Generated by OK AI. Editorially reviewed.- प्युर्टो रिकोकी गायक ब्याड बनीले २०२४ को सुपर बाउल हाफटाइममा १३ मिनेटको स्पेनिश भाषाको प्रस्तुति दिएकी थिइन्।
- उनको प्रस्तुति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र समर्थकहरूले 'अमेरिकी महानताको अपमान' भन्दै आलोचना गरेका छन्।
- ब्याड बनीले ट्रम्पको आलोचनापछि आफ्नो इन्स्टाग्रामबाट सबै पोस्टहरू मेटाएकी छन् र प्रोफाइल खाली बनाएकी छन्।
न्यूयोर्क । बेरिटो एन्टोनियो मार्टिनेज ओकासियो, जसलाई संसारले ‘ब्याड बनी’ भनेर चिन्छ, अहिले निकै चर्चामा छन् । प्युर्टो रिकोका यी चर्चित गायक तथा र्यापरले यसै वर्ष आफ्नो पहिलो ग्रामी अवार्ड त जिते नै, तर अहिले ‘सुपर बाउल हाफटाइम’ मा उनले दिएको १३ मिनेटको प्रस्तुतिले झनै तहल्का मच्चाएको छ ।
उनको यो प्रस्तुतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थकलाई यति धेरै क्रुद्ध बनाएको छ कि उनीहरू ब्याड बनीमाथि खनिएका छन् । एकातिर उनको तारिफ भइरहेको छ भने अर्कोतिर ट्रम्प र ‘राइट-विङ’ अमेरिकीले यसलाई ‘एकदमै खराब’ भन्दै आक्रोश पोखिरहेका छन् ।
यही विवाद र होहल्लाका बीच ब्याड बनीको इन्स्टाग्राम एकाउन्टबाट सबै पोस्टहरू गायब भएका छन् । उनले आफैँले ती पोस्ट हटाएको अनुमान गरिएको छ । ५३.३ मिलियन भन्दा बढी फलोअर्स भएको उनको प्रोफाइल एकाएक खाली देख्दा सबैजना अचम्ममा परेका छन् ।
सोसल मिडिया प्लेटफर्मबाट गायकका सबै पोस्ट गायब भएका छन् । उनले आफ्नो प्रोफाइल फोटो समेत हटाएका छन् । यो एक किसिमको ‘मेजर रिसेट’ जस्तो देखिएको छ, जुन सामान्यतया कुनै प्राविधिक समस्याका कारण हुने गर्छ ।
तर, यस मामिलामा भने यो निर्णय जानाजानी लिइएको जस्तो देखिन्छ । यसको मुख्य कारण यसको ‘टाइमिङ’ हो । ‘सुपर बाउल’ को प्रस्तुतिपछि जुन किसिमका प्रतिक्रिया आए, त्यसैबाट दिक्क भएर वा तनावमा परेर गायकले यो कदम चालेको अनुमान गरिएको छ ।

ब्याड बनीको यो ‘हाफटाइम शो’ पूर्ण रूपमा स्पेनिस भाषामा थियो र यो प्युर्टो रिकोको संस्कृतिबाट प्रभावित थियो । उनको यो प्रस्तुतिलाई धेरै दर्शक र विशेष गरी डोनाल्ड ट्रम्प लगायतका अन्य राजनीतिक व्यक्तित्वहरूले कडा आलोचना गरेका छन् ।
यस विषयलाई लिएर इन्टरनेट दुई भागमा बाँडिएको छ । कसैले उनको तारिफ गरिरहेका छन् भने कसैले नराम्रो भन्दै बहसको बाढी नै ल्याएका छन् । यस्तो तनावपूर्ण अवस्थामा इन्स्टाग्रामबाट सबै कुरा हटाउनु सायद ब्याड बनीको यो विवादबाट टाढिने र स्थितिलाई शान्त बनाउने आफ्नै एउटा तरिका हुन सक्छ ।
प्युर्टो रिकोको पहिचान र भाषालाई लिएर गरिएको यो प्रस्तुतिलाई कतिपयले ‘सांस्कृतिक गर्व’ को रूपमा लिएका छन् भने कतिपयले यसलाई ‘राजनीतिक सन्देश’ को रूपमा हेरेर विरोध गरिरहेका छन् ।
ब्याड बनीको प्रस्तुतिमा आखिर त्यस्तो के थियो, जसले गर्दा यति ठूलो बबाल मच्चियो ?
वास्तवमा, ब्याड बनीले आफ्नो प्रस्तुतिको सुरुवात ‘गड ब्लेस अमेरिका’ बाट गरेका थिए । त्यसपछि उनले अमेरिका र क्यानडा लगायत उत्तर र दक्षिण अमेरिकाका धेरै देशको नाम लिए । उनको पछाडि स्क्रिनमा लेखिएको थियो- ‘माया, घृणा भन्दा शक्तिशाली हुन्छ ।’ यो सन्देश सिधै सन् २०२६ को ग्रामी अवाड्र्समा उनले ‘एल्बम अफ द इयर’ जित्दा दिएको भाषणसँग सम्बन्धित थियो ।
प्रस्तुतिको क्रममा धेरैलाई के लाग्यो भने, उनले अमेरिकी दर्शकसहित आफ्नो विश्वव्यापी फ्यानलाई यो सम्झाइरहेका थिए कि ‘अमेरिका’ भनेको केवल एउटा देश मात्र होइन, बरु यो पश्चिमी गोलार्धका धेरै देशको संगम हो । तर, यहीँबाट राजनीति सुरु भयो । आलोचकले उनलाई ‘गैर-अमेरिकी’ सम्म भन्न भ्याए, जबकि प्युर्टो रिकोमा जन्मिएका यी गायक कानुनी रूपमा अमेरिकी नागरिक नै हुन् ।
डोनाल्ड ट्रम्पले ब्याड बनीको बारेमा के भने ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याड बनीको ‘सुपर बाउल’ प्रस्तुतिलाई ‘अमेरिकी महानताको अपमान’ भनेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ मा ब्याड बनीले स्पेनिस भाषा बोलेकोमा कडा आलोचना गर्दै लेखेका छन्, “कसैले पनि यस मान्छेले बोलेको एउटा शब्द पनि बुझ्दैन ।’
यद्यपि सरकारी तथ्याङ्कले ४१ मिलियनभन्दा बढी अमेरिकीले स्पेनिस भाषा बोल्छन् भन्ने देखाउँछ, तर ट्रम्पले भने उनको प्रस्तुतिलाई ‘एकदमै भयानक’ भनेर टिप्पणी गरेका छन् ।
ट्रम्पको यो कडा प्रहारपछि इन्टरनेटमा ब्याड बनीको आलोचना र ट्रोलिङको लहर नै चल्यो । यद्यपि, यो सबै सोसल मिडियामा भइरहेको ट्रोलिङकै प्रत्यक्ष नतिजा हो वा होइन भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर, ब्याड बनीले मंगलबार आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट सबै कुरा पूर्णरुपमा मेटाएका छन् ।
प्रतिक्रिया 4