+
+
Shares

पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगिता : १७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १८:४३

२७ माघ, काठमाडौं । पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।

पाकिस्तानमा सञ्चालन भएको नवौं पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा १७ राष्ट्रका ३८ टोली सहभागी थिए । २२ माघदेखि २४ माघसम्म चलेको उक्त प्रतियोगितामा नेपाली सेनाको टोली प्रथम भएको हो ।

सैन्य अभ्यासमा सहभागी टोलीहरुबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रण कौशललगायत दक्षताहरु परीक्षण गरिएको थियो ।

सन् २०१६ बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तराष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र २०२५ मा स्वर्ण पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?