+
+
Shares

२ फागुनमा ‘एकम् भजन साँझ’ आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाशिवरात्रिको अवसरमा फागुन २ गते शनिबार ललितपुरको भैंसीपाटी खेलमैदानमा 'एकम भजन साँझ' आयोजना हुने भएको छ।
  • कार्यक्रम यशशाला फाउन्डेसन र प्रगति युवा क्लबको सहकार्यमा १० भन्दा बढी कलाकारहरूको लाइभ संगीत र नृत्य प्रस्तुति रहनेछ।
  • यशशाला फाउन्डेसनका संस्थापक नीराजन अधिकारीले भने, "नेपाललाई आध्यात्मिक तथा अनुभवात्मक पर्यटन केन्द्रको रूपमा विकास गर्ने आधार तयार गर्न चाहन्छौं"।

काठमाडौं । महाशिवरात्रिको अवसरमा आयोजना गर्न लागिएको भक्तिमय कार्यक्रम ‘एकम् भजन साँझ’ फागुन २ गते शनिबार ललितपुरको भैंसीपाटी खेलमैदानमा हुने भएको छ।

यशशाला फाउन्डेसनद्वारा प्रगति युवा क्लबको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा संगीतकर्मी, नृत्य कलाकार, पुजारी तथा आध्यात्मिक पर्यटन क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहनेछ।

कार्यक्रममा १० भन्दा बढी कलाकारहरूको लाइभ संगीत प्रस्तुति रहनेछ भने नृत्य पनि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य युवापुस्तालाई संस्कृति र परम्परासँग जोड्नु, भक्ति संगीतमार्फत मानसिक शान्ति र सामूहिक एकताको भावना अभिवृद्धि गर्नु तथा नेपालमा आध्यात्मिक संगीत कार्यक्रमको नयाँ आयाम स्थापित गर्नु हो ।

“यस कार्यक्रममार्फत हामी समुदाय केन्द्रित कार्यक्रमको नमुना प्रस्तुत गर्दै नेपाललाई आध्यात्मिक तथा अनुभवात्मक पर्यटन केन्द्रको रूपमा विकास गर्ने आधार तयार गर्न चाहन्छौं’ यशशाला फाउन्डेसनका संस्थापक नीराजन अधिकारीले भने ।

कार्यक्रमको टिकट शुल्क ७९९ रुपैयाँ तोकिएको छ । टिकटहरू मल्टी ट्यून्स नेपालको आधिकारिक वेबसाइटमार्फत उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?