+
+
Shares

लगानी सम्मेलनका आयोजना कार्यान्वयनको चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १८:४८

१ फागुन, विराटनगर। कोशी प्रदेश सरकारले पहिलो पटक गत बैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका परियोजनाहरु कार्यान्वयनको चरणमा अघि बढेको प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेश सरकारले ५१ वटा परियोजनामा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । लगानी सम्मेलनको उपलब्धिका बारेमा समीक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयोजनाहरु कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका हुन् ।

लगानी सम्मेलनमा आएका प्रतिबद्धताहरुलाई कार्यान्वयनमा लैजानका लागि हरेक तीन महिनामा छलफल गर्ने उनले बताए । लगानी सम्मेलनपछि लगानीकर्ताहरूसँग व्यक्तिगत र सामूहिक छलफल भएपनि बिहिबार भने व्यापक रुपमा छलफल गरेर देखिएका कानुनी उल्झन हरु समाधान गर्ने प्रयत्न गरिएको उनले बताए ।

सम्मेलनका क्रममा ५१ वटा परियोजनाका लागि कुल १ खर्ब ५७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको थियो ।

प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले पाँचवटा परियोजना पिडिए मा गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?