+
+
Shares

कैलालीमा अनुहार जलेको अवस्थामा जंगलभित्र भेटियो युवतीको शव

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १९:०२

२ फागुन, धनगढी । कैलालीको मोहन्याल गाउँपालिका– १ को तल्लोपानीमा जंगलभित्र एक युवतीको शव फेला परेको छ ।

नवप्रगतशिल सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले जानकारी दिए ।

उनकाअनुसार शवको पहिचान भने खुल्न सकेको छैन् । युवतीको अनुहार जलाएको अवस्थामा शव भेटिएकोले पहिचान गर्न समस्या भइरहेको छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको एसपी चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?