३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूलाई पार्टीमा भित्र्याउँदै उपसभापति शर्माले देशभर कांग्रेसका पक्षमा माहौल बढ्दै गएको दाबी गर्दै एक हप्ताभित्रै कांग्रेस बहुमत ल्याउने ठाउँमा पुग्ने बताएका हुन् ।
अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठुलो दल बन्ने निश्चित देखिएको बताउँदै उनले भने, ‘यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्छ ।’
कांग्रेस जेनजी आन्दोलनपछि नयाँ भएको एकमात्र शक्ति रहेको उपसभापति शर्माले टिप्पणी गरे । ‘परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो’, उनले भने । कांग्रेस बदलिएपछि पार्टीमा समाहित हुनेको संख्या वृद्धि भइरहेको उनको दाबी छ ।
‘कसैले आफैँलाई बदल्न सक्दैन् तर, देश बदल्छु भन्छ भने त्यस्लाई पनि सुनौँला’, उपसभापति शर्माले भने, ‘तर जो आफूलाई बदल्नसक्छ, त्यसले नै देश बदल्छ भन्ने मान्यताबमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको छ ।’
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जिताउन सम्पूर्ण नेताकार्यकर्ता एकढिक्का भएर लागेको उपसभापति शर्माले दाबी गरे ।
प्रतिक्रिया 4