३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस फेरि राजनीतिको विश्वविद्यालय भएको दाबी गरेका छन् । आइतबार बुद्धिजीवी तथा पेसागत समूहद्वारा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अन्तरक्रियामा उनले कांग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको बताउँदै समाजमा योगदान दिने जोकोही पार्टीभित्र आउनसक्ने बताए । ‘विगतका कमजोरी सुधार्दै पार्टीमा सुधार र देश विकासका लागि सबैलाई साथ लिएर अगाडि बढ्न कांग्रेस तयार भएको छ,’ उनले भने, ‘स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न सहमतिको भावनाका साथ सबै प्रतिबद्ध भएर लाग्नुपर्छ । त्यसमा म र कांग्रेस नेतृत्व नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार छौँ ।’
प्रतिक्रिया 4