+
+
Shares

धनकुटामा निर्वाचनका लागि १००८ कर्मचारी परिचालन गरिने

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन ५ गते ७:२२

५ फागुन, धनकुटा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार ८ जना कर्मचारी परिचालन गर्ने भएको छ ।

जिल्लामा रहेका १६६ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रमा १००८ कर्मचारी परिचालन हुने भएका हुन् । १६६ मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी परिचालन हुने भएका हुन् ।

मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगि परिचालन हुने भएका छन् ।

यस्तै अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी एक जना परिचालन हुने भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धनकुटामा रहेका १६६ मतदान केन्द्रमा १६६ मतदान अधिकृत, १६६ सहायक मतदान अधिकृत, ४९८ सहायक कर्मचारी र १६६ कार्यालय सहयोगी परिचालन हुने भएका छन् । यस्तै दुइ वटा अस्थायी मतदान केन्द्रमा २ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत र २ सहयोगी कर्मचारी परिचालन हुने भएका छन् ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले ५०० भन्दा कम मतदाता रहेको केन्द्रमा दुई जना र ५०० भन्दा बढी मतदाता रहेको केन्द्रमा ३ जना स्वयंसेवक नियुक्त गर्ने छन् । अस्थायी मतदान केन्द्रमा भने स्वयंमसेवक नियुक्त हुने छैनन् ।

‘समानुपातिक र पारदर्शी हिसाबले कर्मचारी खटाइने काम हुनेछ’, सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङ्हाङले भने, ‘निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक निर्देशन समेत जारी हुनेछ ।’

निर्वाचनमा खटिने कर्मचारीको लागि आगामी १३ देखि १५ गतेको बिचमा तालिमको आयोजना गर्ने तयारी रहेको उनले बताए । उनले यो पटकको निर्वाचनमा महिला कर्मचारी परिचालन गरिएको छ ।

कर्मचारीको फाइनल भइसकेको अब व्यवस्थापन समितिले टुग्याउन बाँकी रहेको उनले बताए । केही दिनमा कहाँ को को कर्मचारी खटिए सुचना प्रकाशित गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कुनै एक मतदान केन्द्रमा पूरै महिला कर्मचारी मात्रै परिचालन गरिएको छ ।

स्थानीय कर्मचारीलाई फरक मतदान केन्द्र पर्ने गरेर खटाउने तयारी गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक रुपमा दुर्गम र दूरीका हिसाबले सेवा सुविधा प्रदान गरिनेछ । निर्वाचनमा खटाइने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए । उनले को कहाँ खटाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?