+
+
Shares

विश्वप्रकाश भन्छन्- देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो

‘मधेशले पेटमा अन्न दियो, एकएक दानाप्रति कृतज्ञता ज्ञापन गर्न आयौँ’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १७:००

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश दुखिरहेका बेला भइरहेको चुनावमा सम्हाल्नसक्ने शक्तिले जित्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

‘हामी जान्दछौँ– यो बेला देशलाई दुखिरहेको छ । मधेशलाई दुखिरहेको छ,’ उपसभापति शर्माले भने, ‘यो बेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन । यो बेला विषय परिस्थितिमा देशलाई कसले सम्हाल्नसक्छ भन्ने हो ।’

अहिले कसले जित्ने भन्ने प्रश्न नै नरहेको उनले बताए । ‘कसले जित्ने भन्ने होइन, कसले सम्हाल्ने भन्ने हो । चुनाव त जिन्दगीमा कांग्रेसले कैयौँ जित्यो । हाम्रा लागि जित कुनै अनौठो कुरा होइन,’ उनले भने ।

कांग्रेसले जिन्दगीमा कैयौँ चुनाव हारेको बताउँदै उनले हार पनि कुनै अनौठो नभएको उपसभापति शर्माले बताए ।

‘तर, प्रश्न आजको पद्धति हार्ने कि जित्ने भन्ने छ । प्रश्न–समाजको सद्भाव कसले कायम गर्ने भन्ने छ,’ उनले भने ।

मधेशी भूमि नेपालीलाई सर्वाधिक अन्न दिने भूमि रहेको पनि उनले बताए । ‘हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो । हामी मधेशका सबै किसान, किसानको अन्नको एकएक दानाप्रति कृतज्ञता ज्ञापन गर्न मधेश आएको हौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?