+
+
Shares

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २२:००

८ गते फागुन , बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार आज शुक्रबार दिउँसो खाना खान घर गएको समयमा उनी घरमै अचेत अवस्थामा भेटिएको खबर आएपछि प्रहरी टोली पुगेको थियो । अचेत अवस्थामै उनलाई जिल्ला अस्पताल बैतडी पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार शव जिल्ला अस्पतालमा राखिएको छ भने पोस्टमार्टम भोलि मात्रै गरिनेछ । सदरमुकामनजिकै घर भएका वड निर्वाचन ड्युटी सकेपछि घरमै खाना खान जाने गर्दथे ।

यसअघि पनि दशरथचन्द नगरपालिका–४ कै अर्का एक जना निर्वाचन प्रहरीको तालिमका क्रममा घर जाने बेला भीरबाट लडेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?