+

सिरी ए मा इन्टरलाई १० अंकको अग्रता

२०८२ फागुन  १० गते १२:१७ २०८२ फागुन १० गते १२:१७
सिरी ए मा इन्टरलाई १० अंकको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर मिलानले लेसेलाई २-० ले पराजित गरी सिरी ए मा १० अंकको अग्रता बनाएको छ।
  • इन्टरले हेनरिक मिखाटारियन र म्यानुएल एकान्जीको गोलबाट जित हासिल गरेको छ।
  • युभेन्ट्सले घरेलु मैदानमा कोमोसँग २-० ले पराजित भई पाँचौं स्थानमा रहेको छ।

१० फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ ।

अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो गोल गरे ।

यो जितपछि इन्टरले २६ खेलबाट ६४ अंक जोडेको छ । एक खेल कम खेलेको एसी मिलान ५४ अंकमा दोस्रोमा छ ।

शनिबारै भएको अर्को खेलमा युभेन्ट्स घरेलु मैदानमै कोमोसँग २–० ले पराजित भयो ।

युभेन्ट्स २६ खेलबाट ४६ अंकसहित पाँचाै स्थानमै छ । कोमो समान खेलबाट ४५ अंक जोड्दै छैटाैं स्थानमा छ ।

इटालियन सिरी ए इन्टर मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय