+
+
Shares

भक्तपुरमा कजारिया रमेश टाइल्सको नयाँ शोरुम विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा विशेष शोरुम सञ्चालनमा ल्याएको छ।
  • शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको छ र उद्घाटन समारोहमा मिस वर्ल्ड नेपाल २०२४ आश्मा केसीको उपस्थिति थियो।
  • कम्पनीले उच्चस्तरीय टाइल्स उत्पादन गर्दै नेपालभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ।

१० फागुन, भक्तपुर । कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा विशेष शोरुम सञ्चालनमा ल्याएको छ ।

उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको छ । शनिबार आयोजित उद्घाटन समारोहमा कजारियाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।

भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई उच्चस्तरीय टाइल्ससम्बन्धी सबै समाधान उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा मिस वर्ल्ड नेपाल २०२४ आश्मा केसीको पनि उपस्थिति थियो ।  ‘नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ।

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको प्रदर्शन गरिएको छ । ‘नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रति कजारियाको प्रतिबद्धताले टाइल उद्योगमा नयाँ आयाम थप्ने छ’ कम्पनीले भनेको छ ।

कजारिया रमेश टाइल्स देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगका रुपमा चिनिन्छ । ‘अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजार भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दिगो बनाउँछ’ विज्ञप्तिमा भनिएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० से.मी., ६०×६० से.मी., १९.५× १२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०× ४०से.मी.) तथा सेरामिक वाल टायल (३०× ६० से.मी., ३०× ४५ से.मी.) समावेश छन् ।
यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दिगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?