+
+
Shares

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:०८

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको उल्लेख गर्दै तत्काल बन्द हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

‘कसैको पनि आस्थामा चोट पुर्‍याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीको झण्डा जलाउने गतिविधिलाई नेपाली कांग्रेस निन्दनीय कार्य हो भन्ने ठान्दछ । यस्तो कार्यहरु तत्काल बन्द गरिनु पर्दछ,’ प्रवक्ता चालिसेले भने ।

त्यसैगरी कांग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम भईरहेको भन्दै त्यस्ता खालका गतिविधिहरु कहीँ कतैबाट पनि हुन नहुने भनेको छ ।

प्रवक्ता चालिसेले  सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति दिनेकुरा कुनैपनि पार्टीले गर्न नहुने पनि बताए ।

‘हामी अनुरोध गर्न चाहन्छौँ–जनता जनताबीचको सामाजिक सदभाव, धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कहीँकतैबाट हुनुुहुँदैन । सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति कुनैपनि पार्टीबाट हुनु श्रेयस्कर हुँदैन,’ चालिसेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?