११ फागुन, बैतडी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जनक विष्टले काङ्ग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन् ।
आइतबार बैतडीको पुर्चौडीमा एमालेले आयोजना गरेको चुनावी सभामा कांग्रेस प्रदेश कमिटी सदस्य विष्टलाई स्वागत गरेको हो ।
विधि पद्धति बाहिर गएर महादिवेशन गरी देउवालाई गलत्याएको भन्दै विष्टले पार्टी परित्याग गरेको बताएका छन् ।
‘जेनजी आन्दोलनका क्रममा घाइते भएका सभापति देउवाको शीघ्र स्वास्थ्य लाभको कामनासम्म भन्न सकेनन् कसैले, अहिले विधि पद्धति बाहिर गएर नयाँ कांग्रेस बनाएका छन्, त्यो मलाई मन परेन,’ विष्टले भने ।
बैतडीमा एमालेक तर्फबाट उम्मेदवार बनेका दमोदर भण्डारीलाई जिताउन आफू लागिपर्ने उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4