११ फागुन, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौंदी नजिक भएको बस दुर्घटनामा मृत्यु भएका सबै जनाको पहिचान खुलेको छ ।
सोमबार बिहान भएको दुर्घटनामा ३ जना विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको थियो । मृत्यु हुने तीनै जना विदेशी नागरिकसहित सबै मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ।
धादिङ प्रहरीका सूचना अधिकारी प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा बेलायतका २४ वर्षीय स्टिवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराइच घर भएका वर्ष ३२ का मनिष शुक्ला छन् ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुबाहक बस गएराति करिब १ बजे पृथ्वीराजमार्गको चरौंदी नजिक सडकमा अनियन्त्रित भएर करिब १०० मिटर तल त्रिशूली किनारमा खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेहरू सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरू :
१. कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बस्तोला
२. स्याङ्जा जिल्ला वालिङ–१४ घर भई हाल जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नं ६ बस्ने वर्ष ६३ का चन्द्रबहादुर कुँवर
३. तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ४० का ओमकुमार मल्ल
४. धादिङ जिल्ला साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ठकुरी
५. तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–७, मालेबगर बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल
६. काठमाडौं जिल्ला काडमाडौ महानगरपालिका बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष ४२ का लोबसाङ गोले
६. तनहुँ जिल्ला भीमनगर नगरपालिका वडा नं ६ बस्ने अन्दाजी वर्ष ४६ का हरिप्रसाद सिग्देल
८. पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं २ बस्ने अन्दाजी वर्ष ५५ का नबिन्द्र श्रेष्ठ
९. तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ६३ का रुद्रप्रसाद ढकाल
१०. तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं २ बस्ने वर्ष २० की अर्चना पौडेल
११. कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं-१४, चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री
१२. कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का रोहित नेपाली
१३. स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
१४. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२, बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन
१५. मोरङ जिल्ला उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी
१६. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं- १९ बस्ने वर्ष २६ का सुजित नेपाली
प्रतिक्रिया 4