+
+
Shares

वीरगञ्ज औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्र्याउने योजना छ : अनिल रुंगटा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अनिल रुंगटाले वीरगञ्ज औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्र्याउने योजना बनाएको बताए।
  • उनीले आर्थिक नीति औद्योगिक मैत्री नभएकाले परिवर्तन गर्नुपर्ने र नीतिमा सुधार आए रोजगारी र लगानी बढ्ने बताए।
  • रुंगटाले वीरगञ्जमा शिक्षा, स्वास्थ्य, खानेपानी र नालाको समस्या रहेको र ठोस योजना लिएर समाधान गर्ने योजना अघि बढाएको बताए।

१२ फागुन, वीरगञ्ज । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अनिल रुंगटाले वीरगञ्जको औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्र्याउने योजना बनाएको बताए ।

फागुन २१ गते हुन गइरहेको निर्वाचनका सन्दर्भमा भएको कुराकानीका क्रममा उद्योगी रुंगटाले आफू निर्वाचित भए नेपालको वर्तमान औद्योगिक नीति परिवर्तन गर्न लागि पर्ने बताए । ‘अहिले सबैभन्दा ठूलो समस्या हाम्रो औद्योगिक नीतिमा छ,’ उनले भने ‘अहिलेको आर्थिक नीति औद्योगिक मैत्री छैन, नीतिमा परिवर्तन गर्न सक्यौँ भने अर्थतन्त्र चलायमान पनि हुन्छ।’

नीतिमा परिवर्तन गरेमा उद्योगमा लगानी बढ्ने, रोजगारीमा सुधार आउने भएकाले एक खर्बको लगानी वीरगञ्ज उद्योग क्षेत्रमा ल्याउने आफ्नो योजना रहेको उनले सुनाए ।

‘उद्योगमैत्री आर्थिक नीति लिएर आयौँ भने यहाँ उत्पादन गरेका वस्तुलाई निर्यात गर्न सकिन्छ, त्यो अवस्थामा यहाँ भएका उद्योग पनि राम्रोसँग चल्छन् र थप लगानी पनि बढ्छ’ रुंगटाले भने ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभा सदस्यसमेत रहेका रुंगटाले जेनजी आन्दोलनपछि नेपाली जनताले देशमा परिवर्तन चाहेको र त्यो परिवर्तन कांग्रेसले सुरुवात गरिसकेको बताए ।

उनले वीरगञ्ज पहिलेको आर्थिक वैभव भएको, सामाजिक र राजनीतिक वैभवको सहर रहेको तर आज अभाव खड्किएको बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, नालाको समस्या पनि वीरगञ्जमा रहेको उनले सुनाए । ‘हरेक वर्ष बोरिङ खनेर पानीको समाधान हुँदैन । ठोस योजना लिएर यो समस्याको अन्त्य नै गर्नु पर्नेछ’ उनले भने ‘त्यसका लागि म योजनासहित अघि बढेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?