News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका तीन खेलाडीले अस्ट्रेलियामा व्यावसायिक बक्सिङ खेल्ने भएका छन्।
- रुकुम पूर्वका विकास राणा ६९ केजीमा डाविन केलीसँग खेल्न लागेका छन्।
- महेन्द्रनगर धनगढीका महेन्द्रबहादुर चन्द ६४ केजीमा सुबारीसँग प्रतिस्पर्धा गर्नेछन्।
- दाङका अनिलकुमार पुनमगरले अस्ट्रेलियाका च्याम्पियन श्री अन्थोनीसँग खेल्नेछन् ।
१२ फागुन, काठमाडौं । नेपालका तीन खेलाडीले अस्ट्रेलियामा व्यावसायिक बक्सिङ खेल्ने भएका छन् ।
रुकुम पूर्वका विकास राणा ६९ केजीमा अस्ट्रेलियाका डाविन केलीसँग व्यावसायिक बक्सिङ खेल्न लागेका हुन् । उनी लामो समयदेखि व्यावसायिक बक्सिङ म्याक्सबक्सिङ प्रमोसनबाट खेलिरहेका छन्।
यस्तै महेन्द्रनगर धनगढीका राष्ट्रिय च्याम्पियन महेन्द्रबहादुर चन्द अस्ट्रेलियाका मुख्यबाजतराना सुबारीसँग ६४ किलोग्राममा प्रतिस्पर्धा गर्दैछन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा पदक जितिसकेका छन्।
त्यस्तै ६१ किलोग्राममा दाङका अनिलकुमार पुनमगरले अस्ट्रेलियाका च्याम्पियन श्री अन्थोनीसँग खेल्नेछन् । उनी दाङका राष्ट्रिय च्याम्पियन तथा जुनियर नेसनल गोल्ड मेडलिस्ट हुन्। नेपालबाट बंगलादेश, दुवैमा खेलेर नेपालको नाम उच्च बनाएका छन् ।
तीन खेलाडीको व्यावसायिक खेलले देशको पहिचान बनाउने एउटा कोसेढुंगा साबित हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4