News Summary
Generated by OK AI. Editorially reviewed.- अब्दुस युसुफ हाउलेको ह्याट्रिक मदतमा सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित लालिगुराँस एसोसिएसन राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ।
- लालिगुराँसले सात खेलमा ५ जित र २ बराबरीसहित १७ अंक जोडेको छ भने कांक्रेविहार अझै जितविहिन छ।
- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज थप २ खेल हुनेछन्।
१३ फागुन, काठमाडौं । अब्दुस युसुफ हाउलेको ह्याट्रिक मदतमा कास्कीको लालिगुराँस एसोसिएसन राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।
सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गर्दै लालिगुराँस एसोसिएसन शीर्ष स्थानमा उक्लेको हो ।
सात खेलसम्म अपराजित लालिगुराँसले ५ जित र २ बराबरीबाट १७ अंक जोडेको छ । समान खेल खेलेको काँक्रेविहार अझै जितविहिन छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको खेलमा लालिगुराँसको लागि विदेशी खेलाडी अब्दुस युसुफ हाउलेले ह्याट्रिक गरे । यस्तै मुकुन्द निउरेले एक गोल गरे ।
कांक्रेविहारका लागि सोनाम आचार्यले एक गोल फर्काए । राष्ट्रिय लिगमा ह्याटिक गर्ने अब्दुल तेस्रो खेलाडी हुन् । यसअघि चर्च ब्वाईज युनाईटेडका मिलन राई, प्लानिङ ब्वाईज युनाईटेडका पापा इबोउ केबेलेह्याट्रिक गरेका थिए ।
लालिगुराँसले दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।
आजै श्री भगवती क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो २ बजे तथा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ एफसीबीच साँझ ६ बजे खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ ।
प्रतिक्रिया 4