+
+
Shares

तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान बन्द हुन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने दोकान अब बन्द हुने बताए।
  • लामिछानेले रास्वपाले समग्र मुलुकको विकासको कुरा गर्ने दल भएको र मधेसलाई विभाजन गर्ने युग अन्त्य गर्न खोजेको उल्लेख गरे।
  • उनले मधेशको धामिर्क पर्यटनलाई बढावा दिने र विभेद अन्त्यसँगै सुशासन स्थापनाका लागि गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन् ।

बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकासको कुरा गर्ने दल भएको भन्दै यस्तो बताएका हुन् ।

उनले सिङ्गो देश र मधेसलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गरे । इमानदारीपूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने उनको धारणा थियो ।

लामिछानेले दशकौंसम्म विभेद र अन्यायमा परेको मधेशलाई समेत प्राथमिकतामा राख्दै यहाँका धामिर्क पर्यटनलाई बढावा दिने गरी काम गरिने बताए ।

रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरे पनि विभेदको कुरा गर्न चुकेको भन्दै यसपटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?