+
+
Shares

जेन्जीका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन्जीका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १५:०३

१३ फागुन, महोत्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन्जीका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताएका छन् ।

जेन्जी पुस्ताका युवाहरुले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको उल्लेख गर्दै उनले ती मागहरुको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गरेका हुन् ।

बुधबार महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने बताए ।

उनले पार्टीभित्र अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत रहेको विश्वास व्यक्त गरे ।

कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने भन्दै उनले देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?