+
+
Shares

काभ्रे प्रहरीले भन्यो- सहकारीबाट ऋण तिर्नुस्, नभए कारबाही हुन्छ

बनेपा नगरपालिका-७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा नगरपालिका–१० स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था संकटग्रस्त अवस्थामा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १५:२२

१३ फागुन, काभ्रे । सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई काभ्रे प्रशासनले लिएको ऋण तत्काल तिनै आह्वान गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको हो ।

यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी समेत दिएको छ । यसका लागि प्रहरीले सार्वजनिक सूचना नै जारी गरेको छ ।

बनेपा नगरपालिका-७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा नगरपालिका–१० स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था संकटग्रस्त अवस्थामा छन् ।

दुवै सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई सूचनामार्फत तिर्न आग्रह गरिएको कार्यालयका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठले जानकारी दिए ।

ती दुई सहकारीबाट ऋण लिएका २८४ जनाले ऋण लिई ऋण चुक्ता नगरेकाले तत्काल उक्त रकम चुक्ता गर्ने योजनासहित अनिवार्य कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको उनले बताए ।

अनुसन्धान अधिकृत श्रेष्ठका अनुसार ती दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरी ठगी गरेकाले उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारीलाई कारबाही गरी ठगी रकम दिलाई पाउँ भनी कार्यालयमा जाहेरी परेको छ ।

कार्यालयले तोेकेको पाँच दिनको समयसीमाभित्र सम्पर्कमा नआएमा खोजी कार्य गरी कानुन बमोजिम कार्बाही गरिने उनले बताए । जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकले हालसम्म बचतकर्ताको बचत रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । उजुरीमध्ये सहकारीको रकम अपचलन अभियोग लागेका २६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियोग लागेकामध्ये ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा रहेका प्रहरीले जनाएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?