+
+
Shares

मुगुका हिमाली भेगमा घोडा चढेर सेनाको गस्ती

आगामी फागुन-२१ हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष,भयरहीत र विश्वसनीय वातावरण तयार पार्न नेपाली सेनाले घोडाबाट गस्ती सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १४:५४

१४ फागुन, हुम्ला । आगामी फागुन-२१ हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष,भयरहीत र विश्वसनीय वातावरण तयार पार्न नेपाली सेनाले घोडाबाट गस्ती सुरु गरेको छ ।

मुगु जिल्ला दुर्गम क्षेत्रमा नेपाली सेनाले घाेडा चढेर गस्ति सुरू गरेकाे छ। भाैगाेलिक कठिनाई रहेकाे मुगुम कार्माराेङ अन्तरगत मुगुम, डाेल्फुलगायतका बस्तीमा घाेडाबाटै गस्ती गरेकाे हाे।

रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ हनुमानध्वज गुल्मले निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हिमाली बस्तिमा घोडा चढेर नियमित तथा विशेष गस्ती सञ्चालन गर्न थालेका छन् ।

श्री हनुमानध्वज गुल्मका गुल्मपति खड्ग बहादुर श्रेष्ठका अनुसार हालसम्म मुगु जिल्लाभित्रका सबै मतदान स्थलहरूमा सुरक्षा अवस्थाको निरीक्षण तथा गस्ती सम्पन्न भइसकेको छ। दुर्गम र पैदलमार्ग मात्र उपलब्ध क्षेत्रहरूमा
समेत सुरक्षा पहुँच सुनिश्चित गर्न घोडाको प्रयोग गरी गस्ती सञ्चालन गरिएको छ।

स्थानीय बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिलाउने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पूर्वतयारी स्वरूप गस्ती बढाइएको हो ।

निर्वाचन अवधिभर जिल्लाका संवेदनशील तथा विकट क्षेत्रहरूमा निगरानीलाई निरन्तरता दिइने सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?