+

रोनाल्डोले खरिद गरे स्पेनिस क्लब यूडी अल्मेरियाको २५ प्रतिशत हिस्सा

२०८२ फागुन  १४ गते १८:४४ २०८२ फागुन १४ गते १८:४४
रोनाल्डोले खरिद गरे स्पेनिस क्लब यूडी अल्मेरियाको २५ प्रतिशत हिस्सा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले स्पेनको दोस्रो श्रेणीको क्लब यूडी अल्मेरियामा २५ प्रतिशत हिस्सेदारी खरिद गरेका छन्।
  • रोनाल्डोले आफ्नो लगानी 'सीआर७ स्पोर्ट्स इन्भेस्टमेन्ट्स' नामक सहायक कम्पनीमार्फत गरेका हुन्।
  • उनले खेल जीवनपछि पनि फुटबल क्षेत्रमा योगदान दिने आफ्नो पुरानो चाहना रहेको उल्लेख गरेका छन्।

१४ फागुन, काठमाडौं । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले स्पेनको दोस्रो श्रेणीको क्लब यूडी अल्मेरियामा २५ प्रतिशत हिस्सेदारी खरिद गरेका छन्।

रोनाल्डोको प्रतिनिधित्व गर्ने परामर्शदाता संस्था ब्रुंशविक ग्रूपले बिहीबार जारी गरेको विज्ञप्तिमा उनले क्लबमा एक चौथाइ लगानी गरेको पुष्टि गरेको हो। उक्त क्लब हाल साउदी अरेबियाली लगानीकर्ताको स्वामित्वमा रहेको छ।

४१ वर्षीय रोनाल्डो सन् २०२२ को अन्त्यदेखि साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध छन्। उनले आफ्नो लगानी ‘सीआर७ स्पोर्ट्स इन्भेस्टमेन्ट्स’ नामक सहायक कम्पनीमार्फत गरेका हुन्।

विज्ञप्तिमा रोनाल्डोले खेल जीवनपछि पनि फुटबल क्षेत्रमा योगदान दिने आफ्नो पुरानो चाहना रहेको उल्लेख गरेका छन्। ‘यूडी अल्मेरिया बलियो आधार र भविष्यमा विकासको स्पष्ट सम्भावना भएको स्पेनी क्लब हो’ उनले बताएका छन्।

अल्मेरिया पछिल्लो छ वर्षदेखि साउदी स्वामित्वमा छ। सन् २०२५ को गर्मीयाममा मोहम्मद अल–खेरेइजीले तुर्की अल–अलशेखबाट क्लब खरिद गर्दै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

हाल अल्मेरिया स्पेनको दोस्रो श्रेणीको लिगमा तेस्रो स्थानमा छ। उक्त क्लब सन् २०२३–२४ सिजनमा शीर्ष श्रेणीमा प्रतिस्पर्धा गरेको थियो।

सम्झौताको आर्थिक विवरण भने सार्वजनिक गरिएको छैन।

अल्मेरिया क्रिस्टियानो रोनाल्डो हिस्सेदारी खरिद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय