+
+
Shares

LIVE UPDATES : जनताको फैसला : मतपेटिका खुला (देशभरिको कभरेज)

आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ८:१३

२१ फागुन, काठमाडौं । आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताले अपराह्न ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

आज प्रतिनिधिसभाको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भोट खसालिँदै छ। प्रत्यक्षतर्फ देशभरका ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

देशभर कहाँ के भयो ? अनलाइनखबर Live Updates:

Live Updates

२१९ ताजा अपडेट
2 months ago, 19:45:05
आजलाई लाइभ अपडेट यति नै !

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तर्गत आज दिनभर सञ्चालन गरिएको जनताको फैसला : मतपेटिका खुला (देशभरिको कभरेज) को प्रत्यक्ष कभरेज आजका लागि रोकेका छौं ।

मतगणना सुरु भएका विभिन्न क्षेत्रको प्रारम्भिक रुझान, अङ्कगणित र दलहरूको अवस्थाबारे हामीले तपाईंलाई दिनभर निरन्तर अपडेट गरायौँ। यस ऐतिहासिक क्षणमा दिनभर हामीसँगै जोडिनुभएकोमा सम्पूर्ण पाठकवर्गमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

रातभर आउने मतगणनाका नतिजा र थप विस्तृत समाचारहरू हाम्रो गृहपृष्ठमा निरन्तर प्रकाशित भइरहनेछन्। भोलि बिहानैदेखि नयाँ लाइभ ब्लगमार्फत मतगणनाको ताजा र विस्तृत विवरणसहित हामी पुनः उपस्थित हुनेछौँ।

निरन्तर साथका लागि धन्यवाद ! शुभरात्री !

2 months ago, 19:32:51
झापामा कुन मतदान केन्द्रमा कति खस्यो मत ?

2 months ago, 19:30:28
काठमाडौं–३ अपडेट : राति ९ बजे सर्वदलीय बैठक बस्ने

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।

निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ ।

कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।

2 months ago, 19:25:10
को हुन् हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाउने मतदान अधिकृत ?

पूर्वी नवलपरासीमा एकजना मतदान अधिकृतले हतियारधारी नेपाली सेनालाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सन्जालमा भाइरल छ । यो भाइरल दृष्य कावासोती नगरपालिका वडा नम्बर ३ को जीवनज्योती मावि मतदान स्थलको हो ।

सो मतदान स्थलको ‘क’ केन्द्रमा खटिएकी मतदान अधिकृत दीपा गौतमले मतदान गर्ने ठाउँ नजिकै पुगेका हतियारधारी एक सैनिकलाई मतदानस्थलको गेट बाहिर पठाएकी थिइन् ।

थप पढ्नुहोस
2 months ago, 19:20:49
देउवाको गृहजिल्ला डडेलधुरामा ४९ प्रतिशतमात्रै मतदान

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा ५० प्रतिशतभन्दा कम मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय डडेलधुराका अनुसार प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा डडेलधुरामा ४९.०८ प्रतिशत मतदान भएको छ ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार ४५ हजार ९०९ जना मतदान प्रक्रियामा सहभागी भएका जनाएको छ । जुन कुल मतदाता संख्याको ४९.०८ प्रतिशत हो ।

थप पढ्नुहोस
2 months ago, 19:20:03
गृहले भन्योः निर्वाचन देशभर शान्त रह्यो

गृहमन्त्रालयले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रमा आचार्य (सुवेद)का अनुसार छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ ।

थप पढ्नुहोस
2 months ago, 19:19:15
म्याग्दीमा भोलिमात्रै मतगणना सुरु गरिने

आज भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लामा ५४ दशमलब दुई प्रतिशत मत खसेको छ ।

८६ हजार तीन सय ९७ मध्य ४६ हजार आठ सय ९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

2 months ago, 19:15:59
धनकुटामा ५० प्रतिशत बढी मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनको बिहीबार भएको मतदानमा धनकुटामा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको जिल्लामा ५० प्रतिशतभन्दा माथि मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कति मत खस्यो भनेर संकलनको काम भइरहेको र ५० प्रतिशतभन्दा बढी मत खस्यो भन्ने अनुमान रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए । उनले मतदान सकिएको करिब डेढ घण्टापछि पनि तथ्यांक संकलनको काम भइरहको बताएका हुन् । मतदान अधिकृतहरु बाटामा भएकाले तथ्यांक संकलनमा ढिलाइ भएको र प्रहरी मार्फत तथ्यांक संकलन भइरहेको उनको भनाइ छ ।

थप पढ्नुहोस
2 months ago, 19:14:58
कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान

कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा रहेका कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३२४ मत खसेको हो ।

क्षेत्रगत विवरणअनुसार कञ्चनपुर–१ मा ६०.०४ प्रतिशत, कञ्चनपुर–२ मा ५९.२१ प्रतिशत र कञ्चनपुर–३ मा ५६.६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । कञ्चनपुर–१ मा १ लाख १ हजार ७२४, कञ्चनपुर–२ मा १ लाख ९ हजार ५८४ र कञ्चनपुर–३ मा १ लाख ३ हजार ८७ मतदाता रहेका थिए ।

थप पढ्नुहोस
2 months ago, 19:11:42
सिरहाका चारवटै क्षेत्रका मटपेटिका संकलन हुँदै, सर्वपक्षीय सहमति भए आजैबाट गणना

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहाका चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू संकलन हुन थालेको छ ।

मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

2 months ago, 19:05:56
प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा प्युठानमा ५१.१६९ प्रतिशत मतदान भएको छ । जिल्लामा रहेका १ लाख ६५ हजार ४०६ मतदातामध्ये ८४ हजार ७३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकारी पदम डांगीका अनुसार खसेको मतमध्ये महिला ५१ हजार २४२, पुरुष ३३ हजार ३९३ र अन्य १ जना रहेका छन्।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ५५.११ प्रतिशत मतदान भएको थियो। यसपटक अघिल्लो निर्वाचनको तुलनामा ३.९४१ प्रतिशत कम मत खसेको हो ।

थप पढ्नुहोस
2 months ago, 19:04:24
मतगणनामा भरतपुरबाट सुरु भएको तारजाली नजीर के हो ? यो कसरी विस्तार भयो ?

पछिल्ला तीन निर्वाचनमा देशभरि मतदान केन्द्र निर्माण सँगसँगै हुने अर्को तयारी हो- मतगणना स्थलमा तारजाली । मतदानको दिन सुरु नहुँदै निर्वाचन अधिकृतहरूले गणनास्थलको हललाई बीचमा छुट्याएर तारजाली राख्न थालिएको हो ।

तारजालीको एउटा भागमा निर्वाचन अधिकृत सहित मतगणना अधिकृतहरू र कर्मचारी रहन्छन् भने अर्कातर्फ प्रतिस्पर्धी दल र उम्मेदवारका प्रतिनिधि हुन्छन् ।

थप पढ्नुहोस
2 months ago, 19:04:00
मतगणनामा भरतपुरबाट सुरु भएको तारजाली नजीर के हो ? यो कसरी विस्तार भयो ?

पछिल्ला तीन निर्वाचनमा देशभरि मतदान केन्द्र निर्माण सँगसँगै हुने अर्को तयारी हो- मतगणना स्थलमा तारजाली । मतदानको दिन सुरु नहुँदै निर्वाचन अधिकृतहरूले गणनास्थलको हललाई बीचमा छुट्याएर तारजाली राख्न थालिएको हो ।

तारजालीको एउटा भागमा निर्वाचन अधिकृत सहित मतगणना अधिकृतहरू र कर्मचारी रहन्छन् भने अर्कातर्फ प्रतिस्पर्धी दल र उम्मेदवारका प्रतिनिधि हुन्छन् ।

2 months ago, 18:53:47
दार्चुलामा दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् ।  यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।

स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे ।

थप पढ्नुहोस
2 months ago, 18:52:40
गोरखामा करिब ५० प्रतिशत मत खस्यो

छिटपुट घटनाबाहेक गोरखामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ४९.६४ प्रतिशत मत खसेको छ । कुल २ लाख २९ हजार ५८ मतदातामध्ये १ लाख १३ हजार ७२५ ले मात्र मतदान गरेका छन् । जसमध्ये ५८ हजार ५६२ महिला र ५५ हजार १६३ पुरुष छन् ।

 

थप पढ्नुहोस
2 months ago, 18:39:20
काठमाडौं – ३ मा ६८.१ प्रतिशत मत खस्यो, कुन वडामा कति ?

काठमाडौं क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य निर्वाचन) मा कुल ४३ हजार ७ सय ८१ मत खसेको छ । कुल मतदाता संख्या करिब ६४ हजार ४ सय ७९मध्ये ४३ हजार ७ सय ८१ मत खसेको हो ।

यो क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाका केही वडाहरू समेटिएका छन् ।

थप पढ्नुहोस
2 months ago, 18:38:27
तेह्रथुममा ५३.५९ प्रतिशत खस्यो मत

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा  ५३.५९ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ३९ हजार १९३ मत खसेको छ। जसमा पुरुष १९ हजार ९४८ र महिला १९ हजार २४५ मतदाता सहभागी भएका छन्।

थप पढ्नुहोस
2 months ago, 18:37:25
रुपन्देहीमा खस्यो ६० प्रतिशत मत

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीमा ६० प्रतिशत मत खसेको छ । रुपन्देहीका-५ वटै निर्वाचन क्षेत्रमा खटेका निर्वाचन अधिकृतहरूले दिएको प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको हो ।

क्षेत्र नं १ मा ५९ प्रतिशत अर्थात ८६ हजार बढी मत खसेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यहाँ एक लाख ४६ हजार ८२४ मतदाता छन् ।

 

थप पढ्नुहोस
2 months ago, 18:32:27
ललितपुरमा कति खस्यो मत ?

ललितपुरमा ६८.३३ प्रतिशत मत खसेको छ ।

निर्वाचन कार्यालय ललितपुरका अनुसार, ललितपुरको कूल मतदाता २ लाख ६९ हजार २५६ रहेकोमा १ लाख ८३ हजार ९९८ मत खसेको छ । खसेका मध्ये ९२ हजार १६७ पुरुष र ९१ हजार ८३१ महिला रहेका छन् ।

क्षेत्र नं १

जम्मा: ५२६३२
महिला: २५७४१
पुरूष: २६८९१

क्षेत्र नं २
जम्मा : ६१९७५
महिला: ३१०३५
पुरूष: ३०९४०

क्षेत्र नं ३
जम्मा: ६९३९१
महिला: ३५०५५
पुरूष: ३४३३६

2 months ago, 18:29:33
निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि गृहमन्त्रीले के भने ?
  • विरोध र आशङ्का विश्वासमा परिणत: सरकार गठनको सुरुवाती चरणमा आशङ्का र विरोध गर्नेहरू पनि सरकारको बोली, व्यवहार र काम (सुरक्षा तथा निष्पक्षताको प्रत्याभूति) देखेर अहिले विश्वासमा आएका छन्।

  • निरन्तर संवादको प्रतिफल: सार्वजनिक जिम्मेवारीमा रहँदा शङ्का गर्नेहरूसँग निरन्तर संवाद गरेर उनीहरूलाई विश्वासमा लिन सरकार पूर्ण रूपमा सफल भएको छ।

  • प्रदेशबाट प्राप्त सहयोगले उच्च मनोबल: प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा सहभागी सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव, सहयोग र क्रियाशीलताले सरकारको मनोबल अझ बढाएको छ।

  • विधिको शासन पुनर्बहालीमा सफलता: देशलाई ठूलो हिंसा र जोखिमको दुष्चक्रबाट रोक्न, स्थितिलाई सामान्य बनाउन र विधिको शासन तथा कानुनी राज्यको पुनर्बहाली गर्न निर्वाचन अपरिहार्य रहेको र त्यसमा सरकार सफल भएको छ।

  • संविधान र संवैधानिक अङ्ग सुचारु हुने: निर्वाचन सम्पन्न भइसकेपछि अब संविधानको पूर्ण पुनर्बहाली हुने र सम्पूर्ण संवैधानिक अङ्गहरू नियमित रूपमा सुचारु हुनेछन्।

  • सुशासन र समृद्धिको बाटो खुल्ने: अब देशमा सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धिको ढोका खुल्नेछ ।

थप पढ्नुहोस
2 months ago, 18:26:46
महोत्तरीमा खस्यो ५२ प्रतिशत मत, आजैबाट मतगणना सुरु हुने

महोत्तरीमा ५२ प्रतिशत मतदान भएको छ । महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा गरी ५२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार अहिले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी र बुझाउने कार्य सुरु भएको छ । अन्य समन्वय र प्रशासनिक काम समयमै सकिए आजैबाट मतगणना कार्य सुरु हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

थप पढ्नुहोस
2 months ago, 18:26:07
मतदानकै दिन रौतहट-२ का नेकपा उम्मेदवारले पार्टी छाडे

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका किरण साहले मतदानकै पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लाइभ वक्तव्य दिएर साहले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

आफ्नो क्षेत्रमा विपक्षी नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गरेको दाबी गर्दै साहले सो कुरा पार्टीको शीर्ष नेतृत्वलाई जानकारी गराउँदा पनि सुरक्षा नपाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

थप पढ्नुहोस
2 months ago, 18:18:38
निर्वाचन शान्तिपूर्वक भएको भन्दै सरकार र आयोगलाई कांग्रेसको धन्यवाद

नेपाली कांग्रेसले मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् ।

सभापति गगनकुमार थापाले मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरेर निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्णलाई पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् ।

थप पढ्नुहोस
2 months ago, 18:16:52
चुनाव सकिएपछि प्रचण्डले के भने ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्वक, सभ्य र लोकतान्त्रिक वातवरणमा निर्वाचन सम्पन्न भएको बताएका छन् ।

मतदान सम्पन्न भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तमाम आशंका चिर्दै निर्वाचन सम्पन्न भएको बताएका हुन् ।

थप पढ्नुहोस
2 months ago, 18:16:10
धादिङमा ५०.२९ प्रतिशत मत खस्यो

धादिङ जिल्लामा कुल १ लाख ३८ हजार ४४७ मत खसेको छ । सो जिल्लामा २ लाख ७५ हजार २ सय ८० मतदातामध्ये १ लाख ३८ हजार ४ सय ४७ अर्थात् ५०.२९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो ।

जिल्लामा मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार यो प्रतिशत निर्धारण गरिएको हो ।

थप पढ्नुहोस
2 months ago, 18:05:45
मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ ।

मतगणना सुरु हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्थित सर्वदलीय बैठक बस्ने छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको जनाएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।

2 months ago, 18:02:22
दोलखाका सहायक सीडीओ भन्छन्- मालुको बुथभित्र गएकाकै मत निर्णायक हुन्छ

दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्र दिनभर तनावपूर्ण बन्यो ।

यद्यपि, पछि मतदातालाई माइकिङ गरेर बोलाइएको छ । भर्खरै सुरु भएको मतदान कतिबेलासम्म चल्छ ? त्यहाँ उत्पन्न विवादको अवस्था कस्तो छ ? यिनै जिज्ञासा हामीले दोलखाका सहायक सिडीओ औलाख बहादुर आलेसँगको कुराकानी पढ्नुहोस्-

थप पढ्नुहोस
2 months ago, 17:50:18
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना

प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।

2 months ago, 17:45:31

रुकुमपूर्वको  दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ल्याइँदै, गणना शुक्रबारदेखि

लुम्बिनीको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

भौगोलिक विकटताका कारण पैदल मार्गबाट सदरमुकाम ल्याउन दुई दिनसम्म लाग्ने भएपछि निर्वाचन आयोगको समन्वयमा हेलिकप्टरमार्फत ढुवानी सुरु गरिएको हो ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 17:44:55
डोल्पामा ५ बजेसम्म खस्यो ६६.१६ प्रतिशत मत

हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । प्रतिनिधी सभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ बजेसम्म कुल मतदाताको ६६.१६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

थप पढ्नुहोस
2 months ago, 17:43:18
रौतहटमा आजै रातिदेखि मतगणना गर्ने तयारी

रौतहटमा आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको छ ।

निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार जिल्लाका चार स्थानमा मतगणना गर्ने तयारी गरिएको छ।

थप पढ्नुहोस
2 months ago, 17:39:52

ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेलको सातसल्लेमा शून्य मत

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा एकमत पनि खसेको छैन ।

स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका छन् ।

2 months ago, 17:38:05

ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेलको सातसल्लेमा शून्य मत

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा एकमत पनि खसेको छैन ।

स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका छन् ।

2 months ago, 17:35:46
प्रधानमन्त्री कार्कीलाई बालेनले भने : लोकतन्त्रको जित भयो

मतदानको निर्धारित समय सकिएको छ । योसँगै रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै फेसबुक स्टाटस लेखेका छन् ।

उनले भनेका छन्- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।

थप पढ्नुहोस
2 months ago, 17:27:16
2 months ago, 17:15:57

झापा-५ अपडेट : मतपेटिका संकलन भएपछि आजै सर्वदलीय बैठक बस्ने । सर्वदलीय बैठकले निर्णय गरेपछि मत गणना हुने ।

अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

 

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 17:08:11
2 months ago, 16:52:22

जुम्लामा ४ बजेसम्म ५२.११ प्रतिशत मत खस्यो

जुम्लामा ४ बजेसम्म ३७, ३८९ मत खसेको छ । १८, २८४ जना पुरुष र १९, १०५ जना महिलाले मतदान गरेका हुन् ।

जुम्लामा जम्मा मतदाताको संख्या ७१, ७३९ रहेका छन् । हालसम्म खसेको मत ५२.११ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जुम्लामा शान्तिपूर्णरुपमा मतदान जारी छ ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:49:45

इलाममा साढे ३ बजे ५४ प्रतिशत मत खस्यो

इलाममा साढे ३ बजेसम्म ५४ प्रतिशत मत खसेको छ ।

हालसम्म एक लाख २३ हजार १७६ जनाले मतदान गरेका छन् । जसमा पुरुष ६३ हजार ८४० र महिला ६१ हजार ३३६ जना रहेका छन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:47:54

इलाममा साढे ३ बजे ५४ प्रतिशत मत खस्यो

इलाममा साढे ३ बजेसम्म ५४ प्रतिशत मत खसेको छ ।

हालसम्म एक लाख २३ हजार १७६ जनाले मतदान गरेका छन् । जसमा पुरुष ६३ हजार ८४० र महिला ६१ हजार ३३६ जना रहेका छन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:47:53

इलाममा साढे ३ बजे ५४ प्रतिशत मत खस्यो

इलाममा साढे ३ बजेसम्म ५४ प्रतिशत मत खसेको छ ।

हालसम्म एक लाख २३ हजार १७६ जनाले मतदान गरेका छन् । जसमा पुरुष ६३ हजार ८४० र महिला ६१ हजार ३३६ जना रहेका छन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:44:25

अर्घाखाँचीको सन्धिखर्क-४ टुनी पोखरामा रोकिएको मतदान पुन: सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ टुनी पाेखरामा रहेको मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ ।

केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद हुँदा रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे, प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीसहितको टाेलीले मतदान केन्द्रमा पुगेर सहमति गरेपछि मतदान पुन: सुरु भएको हो ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:43:12

अर्घाखाँचीको सन्धिखर्क-४ टुनी पोखरामा रोकिएको मतदान पुन: सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ टुनी पाेखरामा रहेको मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ ।

केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद हुँदा रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे, प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीसहितको टाेलीले मतदान केन्द्रमा पुगेर सहमति गरेपछि मतदान पुन: सुरु भएको हो ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:42:10

अर्घाखाँचीको सन्धिखर्क-४ टुनी पोखरामा रोकिएको मतदान पुन: सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ टुनी पाेखरामा रहेको मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ ।

केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद हुँदा रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे, प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीसहितको टाेलीले मतदान केन्द्रमा पुगेर सहमति गरेपछि मतदान पुन: सुरु भएको हो ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:40:59

अर्घाखाँचीको सन्धिखर्क-४ टुनी पोखरामा रोकिएको मतदान पुन: सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ टुनी पाेखरामा रहेको मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ ।

केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद हुँदा रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे, प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीसहितको टाेलीले मतदान केन्द्रमा पुगेर सहमति गरेपछि मतदान पुन: सुरु भएको हो ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 16:33:52
४ बजेसम्म प्युठानमा झण्डै ४८ प्रतिशत मतदान

दिउँसो ४ बजेसम्म प्युठान जिल्लामा ७९ हजार १९४ मत खसेको छ। खसेको मतमध्ये महिला ४७ हजार ९०५ र पुरुष ३१ हजार २८८ जिल्लामा कुल मतदाता १ लाख ६५ हजार ४०६ रहेका छन्।

2 months ago, 16:33:06
डोटीमा ४ बजेसम्म ३५.३४ प्रतिशत मतदान

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटीमा  ४:०० बजेसम्म ४५ हजार ३८१ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष १७हजार ९१८ र महिला २७ हजार ४६३ रहेका छन् । यो कुल मतदाताको ३५.३४ प्रतिशत हो ।

2 months ago, 16:32:08
गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ ।

प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।

गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

2 months ago, 16:29:39
कास्कीमा ४ बजेसम्म ५१.७४ प्रतिशत मतदान

कास्की जिल्लामा मतदान कार्य निरन्तर जारी रहेको छ।

जिल्ला प्रशासनका अनुसार बेलुका ४ बजेसम्म जिल्लामा १ लाख ५९ हजार ६६६ मत खसेको छ, जुन कुल मतदाताको ५१.७४ प्रतिशत हो।

 

थप पढ्नुहोस
2 months ago, 16:29:03
मतदाता फर्किएपछि रित्तो भयो मालु मतदान स्थल

दोलखाको तामाकोशी गाउँपालिका-४ मा मतपेटिएका लुटिएपछि रोकिएको मतदान अझै सुरु भएको छैन । हराएका मतपत्र पनि सबै फेला परेको छैन ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले हराएका मतपत्रहरूको खोजी जारी रहेको बताउँदै भने, ‘५४/५५ वटा मतपत्र हराएकोमा ४४ वटा फेला परेका छन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 16:28:24
‘चुनाव विगतभन्दा शान्तिपूर्ण, मतगणना आजै बेलुकाबाट सुरु हुन्छ’

निर्वाचन आयोगले बिहीबार अपरान्ह ३ बजेसम्म करिब ५० प्रतिशत मत खसेको आंकलन गरेको छ । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा करिव ४० देखि ५० प्रतिशत मत खसेको र त्यसको अद्यावधिक विवरण आइरहेको बताइन् । आयुक्त तुलाधरसँग अनलाइनखबरले गरेको कुराकानीमा भनिन्-

मतगणनास्थलमा सबै ठाउँको मतपेटिका आउनासाथ मतगणना सुरु हुन्छ । आजै बेलुकीदेखि नै सुरु हुनसक्छ ।

 निर्वाचन आयोगले छिटोभन्दा छिटो मतगणनाको नतिजा दिने कोशिस गरिरहेको छ ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 16:27:06
सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद

दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा विवाद भएको छ ।

मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए ।

थप पढ्नुहोस
2 months ago, 16:23:53
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइने भएको छ ।

दुर्गम भूगोल र सडक पहुँच नहुँदा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो ।

ती मतदान केन्द्रबाट संकलित मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

थप पढ्नुहोस
2 months ago, 16:00:04
दोलखामा ३६ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोलखामा दिउँसो २ बजेसम्म ६० हजार ५३९ मत खसेको छ । निर्वाचन कार्यालय दोलखाका अनुसार २ बजेसम्म ६० हजार ५३९ मत (३६ प्रतिशत) खसेको हो ।

जिल्लाको तामाकोशी गाउँपालिका ४ स्थित मालु मतदान केन्द्र र कालिन्चोकको कालीनाग केन्द्रबाहेक अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको हो ।

दोलखामा १ लाख ७० हजार ३२१ मतदाता रहेका छन् । जिल्लामा ९५ मतदानस्थल र २०७ मतदान केन्द्र तोकिएको छ ।

2 months ago, 15:54:29
कर्णालीमा खस्यो ४५ प्रतिशत मत

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ः०० बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ ।

त्यसैगरीमा मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुमपश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालीकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सुर्खेत क्षेत्र नं १ मा ४८ दशमलव २५, क्षेत्र नं २ मा ४६ दशमलव ११, दैलेख क्षेत्र नं १ मा ३७ दशमलव ३३ र क्षेत्र नं २ मा ३५ दशमलव २७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 15:51:58
निर्वाचन आयोगको पत्रकार सम्मेलन सवा ६ बजे

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्न सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

2 months ago, 15:47:25
सर्लाही-४ का निर्वाचन अधिकृत : आजै मतगणना सुरु गर्ने तयारीमा छौं

सर्लाही ४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले शान्तिपूर्वक मतदान चलिरहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत आज भएको मतदानमा सर्लाही ४ मा केही ठाउँमा विवाद भए पनि समाधान गरेर शान्तिपूर्वक मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

‘यहाँ शान्तिपूर्वक रुपमै निर्वाचन भइरहेको छ । मतदाताले राम्रोसँग मत खसाल्न पाइरहनु भएको छ । स-साना कुरालाई लिएर सामान्य विवादहरू भएका थिए । कर्मचारी, सुरक्षाकर्मीले सम्झाइबुझाइ गरेपछि रोकिएका ठाउँमा पनि पुन: मतदान भइसके,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ ।’

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 15:46:35
डोल्पामा खस्यो ६१.५० प्रतिशत मत

हिमाली जिल्ला डोल्पामा दिउँसो ३ बजेसम्म ६१.५० प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ६१.५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिएपनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

थप पढ्नुहोस
2 months ago, 15:46:04
रोल्पामा ८ घण्टामा ३९.३८ प्रतिशत मतदान

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको आठ घण्टाभित्रै करिब ३९.३८ प्रतिशत मत खसेको छ ।

रोल्पामा दिउँसो ३ बजेसम्म जिल्लाभर ३९.३८ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए।

जिल्लाको एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थित देखिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 15:45:06
भारतमा रहेका व्यक्तिको नाममा भोट हालेको भन्दै डडेल्धुरामा विवाद

भारतमा रहेका व्यक्तिको नाममा भोट हालेको भन्दै डडेल्धुरामा विवाद भएको छ ।

भागेश्वर गाउँपालिका–१ मा रहेको पशुपति आधारभूत विद्यालय बलडा मतदान केन्द्रमा सोही ठाउँका २५ वर्षीय अबिशेक महराले भारत बस्ने पंकज महराको नाममा भोट हालेको भन्दै विवाद भएको हो ।

केही समय विवाद भएपछि अहिले पुन: मतदान सुरु भएको प्रहरीले बताएको छ ।

थप पढ्नुहोस
2 months ago, 15:44:16
गोरखामा ३ बजेसम्म ४५ प्रतिशत मत खस्यो

गोरखामा दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो बिहीबार मध्याह्न ३ बजेसम्मको तथ्याङ्क हो ।

कुल मतदातामध्ये १ लाख ५ हजार ४८ मत खसेको कार्यालयले जनाएको छ । जसमध्ये ५३ हजार ५२४ महिला र ५१ हजार ५२४ पुरूष छन् । जिल्लाको कुल मतदाता २ लाख २९ हजार ५८ छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताइएको छ ।

 

थप पढ्नुहोस
2 months ago, 15:42:14
नुवाकोटमा कति खस्यो मत ?

प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रुपमा मतदान जारी छ । दिउँसो दुई बजेसम्मको समयमा करिब ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

अहिलेसम्म शान्तिपूर्ण वतावरणमा मतदान भइरहेको जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले बताए ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मतदातासँगै उम्मेद्वारहरुले पनि मत दिएका छन् । क्षेत्र नं. १ बाट उम्मेद्वार रहेका नेकपाका हितबहादुर तामाङले पञ्चकन्यास्थित केन्द्रबाट मतदान गरेका छन् भने क्षेत्र नं. २ मा हिरानाथ खतिवडाले विदुर नगरपालिकास्थित चण्डेश्वरी केन्द्रमा मतदान गरेका छन् ।

थप पढ्नुहोस
2 months ago, 15:40:23
३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

थप पढ्नुहोस
2 months ago, 15:39:52
सुनसरीमा ३ बजेसम्म खस्यो ५० प्रतिशत मत
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमाका चारै निर्वाचन क्षेत्रमा ३ बजेसम्ममा ५० प्रतिशत मत खसेको छ ।
शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘अहिलेसम्म चारवटै निर्वाचन क्षेत्रमा गरी ५० प्रतिशत भन्दा बढी मत खसिसकेको  छ ।’
उनकाअनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्र मध्ये कैदीबन्दीका लागि सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १४९ मध्ये ७७ जनाले मतदान गरेको प्रजिअ घिमिरेले बताए ।
थप पढ्नुहोस
2 months ago, 15:30:25
झापा ५ अपडेटः साढे ३ बजेसम्म ५५ प्रतिशत मत खस्यो

झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थप पढ्नुहोस
2 months ago, 15:29:26
रामेछाप अपडेट : २ बजे सम्म ३६ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रोछापमा हालसम्म ३६ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछापमा महिला ३० हजार ७७६ र पुरुष ३६ हजार ९९२ गरी ६७ हजार ७६८ (३६ प्रतिशत) मत खसेको हो ।

2 months ago, 15:28:25
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ ।

कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।

प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए । कर्मचारीका लागि समानुपातिकतर्फ र कारागारका रहेका कैदीबन्दीलाई मतदानका लागि अस्थायी मतदान केन्द्र समेत राखिएको छ ।

2 months ago, 15:27:43
दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ः०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ ।

दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ । अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार दिउँसो २ः०० बजेसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उल्लेख गरे ।

देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको पनि आयोगले जनाएको छ । मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा लाममा बसेका छन् ।

2 months ago, 15:23:14
काभ्रे अपडेट : २:४५ बजे सम्म ४१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काभ्रेमा हालसम्म ४१ प्रतिशत मत खसेको छ । सशस्त्र प्रहरी गण १५ नं. गणका प्रमुख एसपी माधव रेग्मीका अनुसार काभ्रेमा महिला ५९१८५ र पुरुष ७२८६३ गरी १ लाख ३२ हजार ०४८ (४१ प्रतिशत) मत खसेको हो ।

2 months ago, 15:19:31
स्याङ्जामा दिउँसो ३ बजेसम्म ४१ प्रतिशत मत खस्यो

स्याङ्जा जिल्लामा दिउँसो ३ बजेसम्म झन्डै ४१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेको कुल दुई लाख ४८ हजार ८१६ मत मध्ये दिउँसो ३ बजेसम्म एक लाख एक हजार ४११ मत खसेको छ । जुन ४०.७६ प्रतिशत हुन आउँछ ।

स्याङ्जाका दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा ३५.३६ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर २ मा ४६.७४ प्रतिशत मत खसेको छ ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 15:18:15

गुल्मीमा ३ बजेसम्म ३९ प्रतिशत मत खस्यो 

गुल्मीमा ३ बजेसम्म ९० हजार २४ मत खसेको छ । जुन कुल मतदाताको ३९.१८ प्रतिशत हो ।

जसमा महिला मतदाताको सहभागिता बढी देखिएको छ । ४८ हजार ६४३ महिला र ४१ हजार ३८७ जना पुरुषले मतदान गरेका छन् ।

जिल्लाभर शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 15:16:09
नाति-नातिनाले दु:ख नपाउन् भनेर मत हाले वृद्धवृद्धाले

पहिलो पटक भेट भएका ८३ वर्षीया ललिता सापकोटा र ७९ वर्षीया इन्दिरा भट्टराई चुनावी गन्थन गर्दै थिए । काठमाडौं क्षेत्र नम्बर १ को रत्नराज्य माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेर निस्केपछि चिनाजान गरेका उनीहरूको बुझाइ थियो– देशमा बेथिति चरम थियो, त्यसैले युवाले विद्रोह गर्नुपर्यो ।

रत्नराज्य मावि परिसर र बाहिर सडकमा चुनावी रौनक देखिन्थ्यो । युवादेखि वृद्ध वयका मतदाता त्यहाँ थिए ।

भक्तपुरकी ८३ वर्षीया सापकोटाले आफूले मत दिएको इतिहास सम्झँदै भनिन्, ‘१८ वर्षदेखि भोट हाल्दै आएकी छु । २००४ सालमा जन्मेकी हुँ, ठ्याक्कै याद नभए पनि हरेक पटक भोट हालेँ । तर आफ्नो दु:ख आफैंसँग छ ।’

यो उमेरसम्म आइपुग्दा उनले पाँचथर, इलाम हुँदै २७ वर्षदेखि काठमाडौंमै मतदान गर्दै आएकी छन् । बसोबास भक्तपुरमा रहे पनि मतदाता नामावली भने काठमाडौं–१ मा रहेको उनले बताइन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 15:13:10
१० दिने शिशु बोकेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् ।

चुनाव प्रचारप्रसारमा रहेकी उनी १० दिअघि निजामती अस्पताल बानेश्वरमा भर्ना भएकी थिइन् । उनले छोरालाई अस्पतालमै जन्म दिएकी हुन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 15:12:33
१० दिने शिशु बोकेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् ।

चुनाव प्रचारप्रसारमा रहेकी उनी १० दिअघि निजामती अस्पताल बानेश्वरमा भर्ना भएकी थिइन् । उनले छोरालाई अस्पतालमै जन्म दिएकी हुन् ।

थप पढ्नुहोस
2 months ago, 14:57:24
२ बजेसम्म देशभरि खस्यो ६२ लाख मत, कुन प्रदेशमा कति ?

बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।

थप पढ्नुहोस
2 months ago, 14:55:57
कर्मचारी कुरेको कुर्‍यै, मतदाता आउँदै आएनन्
  • दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङमा हालसम्म एक पनि मतदाता मतदान प्रक्रियामा सहभागी भएका छैनन्।
  • वेदिङ मतदान केन्द्रमा ११३ मतदाताका लागि ५ कर्मचारी र १३ सुरक्षाकर्मी मतदानको लागि तयारी अवस्थामा छन्।
  • मतदाताले आफ्नो आवाज नसुनेको र उम्मेदवारले मत माग्न नआएको भन्दै मतदानमा सहभागी नहुने बताएका छन्।

थप पढ्नुहोस
2 months ago, 14:54:40
कञ्चनपुरमा ४२ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानका क्रममा कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा सूचना शेयर गर्दै दिउँसो २ बजेसम्म कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको जनाएको हो ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 14:53:13

बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान

प्रतिनिधिसभा निर्वाचनको क्रममा बर्दियामा दुई बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । दिउँसो २ बजेसम्म ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।

बर्दियामा एक लाख ५९ हजार ३८७, महिला र एक लाख ६३ हजार आठ सय ७३ र अन्य ६ जना गरी तीन लाख २३ हजार २६६ जना मतदाता रहेका छन् ।

बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा पुरुष ८३ हजार ८०३, महिला ८४ हजार २२७ र अन्य चार जना गरी एक लाख ६८ हजार ३४ जना मतदाता रहेका छन् । क्षेत्र नं २ मा ७५ हजार ५८४ पुरुष, ७९ हजार ६४६ महिला र दुई जना अन्य गरी एक लाख ५५ हजार २३२ जना मतदाता रहेका छन् ।

बर्दिया जिल्लाभर १५४ वटा मतदानस्थलमा ३८७ वटा मतदान केन्द्र रहेका छन् भने जिल्लाभर दुई स्थानमा अस्थायी मतदान केन्द्र रहेका छन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:53:04
सेना-प्रहरीले खसाले समानुपातिक मत

भक्तपुरको दूध पाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान जारी छ ।

भक्तपुर क्षेत्र नम्बर अन्तर्गत पर्ने यो मतदान केन्द्रमा बिहीबार बिहान सात बजेदेखि सुरु मतदान अहिले पनि जारी छ ।

थप पढ्नुहोस
2 months ago, 14:52:46
सेना-प्रहरीले खसाले समानुपातिक मत

भक्तपुरको दूध पाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान जारी छ ।

भक्तपुर क्षेत्र नम्बर अन्तर्गत पर्ने यो मतदान केन्द्रमा बिहीबार बिहान सात बजेदेखि सुरु मतदान अहिले पनि जारी छ ।

थप पढ्नुहोस
2 months ago, 14:38:30
सल्यानमा दाइको किरिया बसेका रेशमले गरे मतदान

सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन् । बागचौर नगरपालिका-३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा उनीहरूले मतदान गरेका हुन् ।

६ दिनअघि दैलेखमा भएको दुर्घटनामा २७ वर्षीय हरिलाल भण्डारीको मृत्यु भएपछि उनका परिवारका सदस्य अहिले काजकिरियामा छन् । सोही क्रममा मृतकका भाइ रेशम भण्डारीले शोकको अवस्थामै मतदान गरेका हुन् ।

\'घरमा ठूलो पीडा छ, दाजु गुमाएका छौं। तर, राम्रो नेतृत्व आउला भन्ने आशाले आफ्नो मताधिकार प्रयोग गर्न यहाँ आएको हुँ\', उनले भने ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:24:37
कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग

देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारु रूपले सञ्चालन भइरहेको जानकारी दिएका हुन् । मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा. तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताए ।

सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उनले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रवन्ध मिलाइएको स्पष्ट पारे ।

मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको बताउँदै उनले निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेको दाबी गरे ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:17:38
राष्ट्रपति र उपराष्ट्रपतिले दिएनन् भोट

राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगरेका बताइएकोछ ।

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नहुनु भएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:16:41
रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।

कुनै निर्वाचन क्षेत्रमा ५२ प्रतिशतसम्म मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । उनले मतदानमा उत्साहजनक सहभागिता देखिएको बताए । रासस

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:14:54
महोत्तरीमा झन्डै ३५ प्रतिशत मतदान

महोत्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीमा आज दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान भएको छ । चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो १ बजेसम्म १ लाख ५० हजार ४६१ मत खसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजेसम्म ७३ हजार २७७ पुरुष र ७७ हजार १८६ जनाले मतदान गरेका छन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:13:18
विवादपछि पुनः मतदान सुरु

वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा केही समय रोकिएको मतदान फेरि सुरु गरिएको छ। निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो।

मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो। त्यसपछि तत्काल प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:12:32
उदयपुरमा १०२ वर्षीय वृद्धले गरे मतदान

उदयपुरमा प्रतिनिधिसभा निर्वाचनमा १०२ वर्षीय वृद्धले मतदान गरेका छन् । उदयपुरगढी नगरपालिका-६ जगरेटारका १०२ वर्षीय अमृतबहादुरकार्कीले नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (क) मा मतदान गरेका छन् ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 14:10:49
घिस्रिँदै भोट हाल्न गएकी आमा र लोकतन्त्र

झट्ट हेर्दा थाहा हुन्छ, उनी उभिएर सहज हिँडडुल गर्न सक्दिनन् । छोटो दूरी छिचोल्नका लागि हातपाउ टेक्नुपर्छ । अगाडि हातका पञ्जा र पछाडि घुँडाले टेकेर अगाडि बढ्नुपर्छ ।

थाहा छैन, उनले कति लामो बाटो यसरी नै घिस्रिएर पार गरिन् ? उकालो-ओरालो, ढुंगामाटो छिचोलेर कति कष्टपूर्ण यात्रा गरिन् ?

यद्यपि, जसोतसो उनी मतदान केन्द्रमा पुगिन् । घिस्रिँदै–घिस्रिँदै मतपत्र लिन र छाप हाल्न गइन् ।

थोत्रो लुंगी लगाएकी, उस्तै बर्को ओढेकी उनको यो मर्मस्पर्शी भिडियो कसैले सामाजिक सञ्जालमा राखिदियो । क्याप्सनमा लेखिएको थियो, ‘निकै कहालीलाग्दो दृश्य छ यहाँ। उहाँहरूको अमूल्य मतको दुरुपयोग गर्न कसैलाई छुट छैन ।’

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 14:03:45
डोल्पामा खस्यो ५० प्रतिशत मत

हिमाली जिल्ला डोल्पामा ५० प्रतिशत मत खसेको छ । प्रतिनिधी सभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिएपनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

2 months ago, 14:01:05
गोरखा कारागारमा शतप्रतिशत मतदान

जिल्ला कारागार गोरखामा रहेको अस्थायी मतदान केन्द्रमा शत प्रतिशत कैदीबन्दीले मतदान गरेका छन् । मतदाता नामावली भएका २७ जना सबैले समानुपातिक तर्फ मतदान गरेको मतदान अधिकृत पवित्रा बुर्लाकोटीले बताइन् ।

‘४० जनाको नामावली मध्ये २७ जना कैदीबन्दी र बाँकी कर्मचारी हो,’ उनले भनिन्, ‘कैदीबन्दी सबै र दुई जना कर्मचारीले मतदान गर्नुभयो ।’

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

 

2 months ago, 13:59:44
सिराहामा ६ घण्टामा ५० प्रतिशत खस्यो मत

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिराहामा मतदान सुरु भएको ६ घण्टामा करिब ५० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार दिउँसो १ बजेसम्म जिल्लाभर ४५ देखि ५० प्रतिशतसम्म मतदान भएको हो।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 13:56:35
चितवनका ३ वटै निर्वाचन क्षेत्रमा बराबर मतदान

चितवनका ३ वटा निर्वाचन क्षेत्र ४०/४० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो साढे १ बजेसम्म तीनवटै क्षेत्रमा औसत ४० प्रतिशत मत खसेको हाे । जिल्लाका १६२ मतदानस्थलका ४९४ मतदान केन्द्रमा मतदान भैरहेको छ।

Nepal Election 2082 | Election 2082 | Nepal Election 2026

थप पढ्नुहोस
2 months ago, 13:51:54
काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन

नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका छन् । सभापति थापा सर्लाही-४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

2 months ago, 13:50:45
मुख्यमन्त्री बानियाँले गरे मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान पश्चात उनले लोकतन्त्रलााई बलियो बनाउन मतदान स्वच्छ, निष्पक्ष निर्वाचन आवश्यक रहेको बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लाको दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । जिल्लाको ३७४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

2 months ago, 13:38:15
किरियामै पनि मतको सम्मान, स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा बिहीबार भावुक र प्रेरणादायी दृश्य देखियो ।

शोकको समयमा पनि नागरिक कर्तव्यलाई प्राथमिकता दिँदै एकैघरका दुई मतदाता मतदानमा सहभागी भए । बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले बिहीबार अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा पुगेर मत खसालेका हुन् ।

थप पढ्नुहोस
2 months ago, 13:37:19
मुगुमा किरियापुत्रीले गरे मतदान

छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन् ।

छायानाथ रारा नगरपालिका–१ निवासी दिवङ्गत ९३ वर्षीया रुपा मल्लका छोराहरु ललिजङ, राजन र विनोद मल्लले उक्त मतदान केन्द्रमा मतदान गरेका छन् ।

2 months ago, 13:36:15
दोलखामा हराएका सबै मतपत्र भेटिएनन्, मतदानमा विलम्ब

दोलखाको तामाकोशी गाउँपालिका-४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । हराएका मतपत्र पनि सबै फेला नपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरूबिच झडप भएको थियो । उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । सोही क्रममा मतपत्र समेत हराएको हो ।

2 months ago, 13:34:13
१ बजेसम्म कुन प्रदेशमा कति खस्यो मत ?

बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।

१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।

थप पढ्नुहोस
2 months ago, 13:23:15
फोत गाउँः ४० मध्ये २३ मत खस्यो

हिमाली जिल्ला डोल्पाको शे-फोक्सुन्डो गाउँपालिका ६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा २३ मत खसेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सबैभन्दा कम मतदाता भएको यस मतदान केन्द्रमा कुल मतदाता संख्या ४० रहेको छ ।

2 months ago, 13:20:45
काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ

निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ । मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन् भने चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरिरहेका छन् ।

सडकमा गुड्ने सवारीसाधनलाई नियन्त्रण र अनुगमन गर्न प्रहरीले ‘हिलटेक’ लेखिएका ट्राफिक कोन र पहेँलो–रातो रंगका फोल्डिङ ब्यारिकेडहरू सडकको बीचमा राखेर विभिन्न ठाउँमा चेकप्वाइन्टहरू निर्माण गरेको छ ।

2 months ago, 13:17:04
अर्काको नाममा भोट हाल्न खोज्ने पक्राउ

रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात छन् ।

थप पढ्नुहोस
2 months ago, 13:16:40
स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको हो ।

मतपत्रमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको विषयमा मतदान प्रक्रिया रोकिएको हो । अहिले स्थानीय दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थप पढ्नुहोस
2 months ago, 13:16:23
मतदान बहिष्कारको पम्प्लेट देखाउने नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

मतदान बहिष्कारको पम्प्लेट देखाउने नेकपा बहुमत पार्टीका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बहुमतका चितवन जिल्ला सेक्रेटरी २९ वर्षीय सुमन श्रेष्ठ र चितवनको कालिका नगरपालिका-४ पदमपुरका २१ वर्षीय किरण गौतम रहेका छन् । गौतम विद्यार्थी संगठन चितवनको संयोजक हुन् ।

थप पढ्नुहोस
2 months ago, 13:13:14
सर्लाहीका सीडीओ र प्रहरी प्रमुख ३ घण्टादेखि बलरामा
2 months ago, 13:06:46
बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन् ।

कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ ।

बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।

2 months ago, 13:05:48
जेनजी घाइते घिमिरेले गरे मतदान
2 months ago, 13:03:17
रुपन्देहीमा उत्साहजनक मतदान

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही जिल्लामा मतदान जारी छ । बिहान ७ बजेबाट शुरु भएको मतदानमा मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

रुपन्देही क्षेत्र नम्बर १ (देवदह, रोहिणी र ओमसतिया) र क्षेत्र नम्बर ३ (सिद्धार्थनगर, शुद्धोधन र सियारी) का विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको लामो लाइन लागेको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाहरूको सहभागिता निकै उत्साहजनक रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न रुपन्देही प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

2 months ago, 13:00:23
सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह

सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा आज बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताहरु बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रियामा सबै उमेर समूहका मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ ।

विशेषगरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताहरुमा छुट्टै उत्साह देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

2 months ago, 12:48:53
मध्याह्न १२ बजेसम्म सुदूरपश्चिममा २० प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतदान चलिरहेको छ ।

मध्याह्न १२ बजेसम्ममा सुदूरपश्चिम प्रदेशका जिल्लामा २० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कूल तीन लाख ३८ हजार ४३२ मत खसेको छ ।

2 months ago, 12:42:37
एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् ।

थप पढ्नुहोस
2 months ago, 12:38:58
बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खस्यो

बैतडीमा साढे १२ बजेसम्म  २८ हजार मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १२:३० बजेसम्म २८,१४१  मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

2 months ago, 12:38:34
सल्यानमा २०.६३ प्रतिशत मत खस्यो
2 months ago, 12:36:40
रोल्पामा ५ घण्टामा २९.५ प्रतिशत मतदान

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको पाँच घण्टाभित्रै करिब २९.५ प्रतिशत मत खसेको छ । रोल्पामा मध्याह्न १२ बजेसम्म जिल्लाभर २९.५ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए।

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको  छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ जना मतदाता रहेका छन् । महिला मतदाता ७४ हजार ९ सय ७ र पुरुष मतदाता ७४ हजार ६ सय ९० जना छन्।

2 months ago, 12:34:52
पूर्वराष्ट्रपति डा यादव - संविधानको रक्षा गर्ने शक्ति आओस्

पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज यहाँको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन आग्रहसमेत गरे ।

पूर्वराष्ट्रपति डा यादवले २०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण २०८२ मै हुन लागेको भन्दै मतदातालाई गम्भीर भएर विवेकपूर्ण ढङ्गले मतदान गर्न आग्रह गरे । \'हामी देशमा उत्पन्न विषम परिस्थितिका कारण आज निर्वाचनमा होमिएका छौँ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होस् र देशमा स्थिरता कायम हुने गरी जनमत आओस् भन्ने मेरो कामना छ\', उनले भने ।

2 months ago, 12:32:50
निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि

चितवन क्षेत्र नम्बर-३ मा निर्वाचनका लागि खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भन्दै मतदातालाई सोधेपछि पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ती कर्मचारीलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ । उनी कार्यालय सहयोगी तहका कर्मचारी हुन् ।

थप पढ्नुहोस
2 months ago, 12:32:08
५ घण्टामा देशभर कति मत खस्यो ?

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

थप पढ्नुहोस
2 months ago, 12:31:05
क्यान सचिव पारस खड्काले गरे मतदान

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मतदान गरेका छन् ।

काठमाडौं क्षेत्र नं १ अन्तर्गत बुद्धनगरको काठमाडौं स्वप्न बाटिका एसएस एन्ड कलेज पुगेर सचिव खड्काले मतदान गरेका हुन् ।

 

थप पढ्नुहोस
2 months ago, 12:30:47
कर्मचारीको अस्थायी मतदाता नामावली नपुग्दा अन्योल

काठमाडौंका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुको अस्थायी मतदाता नामावलीको विवरण नपुग्दा अन्यौल सिर्जना भएको छ । तर जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सम्बन्धित निर्वाचन अधिकृतले प्रमाणित गरेको विवरणको आधारमा कर्मचारीहरुले मत हाल्न पाउने जनाएको छ ।

 

थप पढ्नुहोस
2 months ago, 12:29:47
धनकुटामा १४ प्रतिशत मतदान

धनकुटामा हालसम्म १४ प्रतिशत मत खसेको छ। धनकुटामा जम्मा १६ हजार ५ सय ५२ मत खसेकोमा पुरुष ९ हजार ३ सय ९४ र महिला ७ हजार १ सय ५७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

2 months ago, 12:26:50
आजपा अध्यक्ष साहद्वारा मतदान

आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन् । रौतहट क्षेत्र नं ३ का उमेदवारसमेत रहेका उनले रौतहटको मौलापुर नगरपालिका वडा नं ३ स्थित वडा कार्यालयबाट मतदान गरेका हुन् ।

निर्वाचनलाई एउटा उत्सवको रूपमा लिएर मतदान गर्न आम मतदातालाई अध्यक्ष साहले आग्रह गरे ।

यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्वक रूपमा निर्वाचन भइरहेको जानकारी दिए ।

2 months ago, 12:24:33
रुकुमपूर्व पुगेर प्रचण्डले भने – म फेरि संकट मोचन गर्न आएँ

चितवनमा मतदान गरेर नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर चढेर रुकुमपूर्व पुगेका छन् । बिहीबार बिहान १०:४० बजे रुकुम ओर्लिएका प्रचण्डले केही मतदानस्थलको अवलोकन गरेका छन् ।

​सिस्ने गाउँपालिका-५ स्थित रुक्मेणी माध्यमिक विद्यालयमा रहेका तीनवटा मतदान केन्द्रको अवलोकन गर्दै प्रचण्डले मतदाताहरूसँग खुल्ला संवाद गरेका छन् । त्यसक्रममा उनले देश फेरि संकटमा रहेको बताउँदै रुकुमले निकास दिने दाबी गरे ।

थप पढ्नुहोस
2 months ago, 12:23:55
महोत्तरीमा वडाध्यक्षले वारेसमार्फत मतदान गर्न खोजेपछि लफडा, रोकियो मतदान

महोत्तरीमा वडाध्यक्षले नै वारेस नामामार्फत मतदान गर्न खोजेपछि विवाद भएको छ ।

बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानि मावि मतदान केन्द्रमा बर्दिबास–७ कै स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोगारथ यादवले वारेस नामामार्फत मतदान गर्न खाजेका थिए ।

2 months ago, 12:22:08
हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्णक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।

बिहान ७ः००बजेदेखि अहिलेसम्म हुम्लाका ६३ वटा मतदान केन्द्रबाट चार हजार ५८० मत खसेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए । उनले अहिले जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए ।

2 months ago, 12:15:08
झापा-५ मा १२ बजेसम्म ४५ प्रतिशत मत खस्यो

झापा क्षेत्र नम्बर ५ मा १२ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । मतदान जारी छ ।

मतदान अधिकृत कार्कीका अनुसार मतदान केन्द्र १८५ र स्थल ६१ वटा रहेको छ । क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको १, २, ३, ४, ५, ६, ७ नम्बर वडा पर्छ । जहाँ ४० हजार ७८६ मतदाता छ्न ।

त्यसैगरी गौरादह नगरपालिकाको  वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ पर्छ । जहाँ ४१ हजार ४७५ जना मतदाता छन् ।

थप पढ्नुहोस
2 months ago, 12:13:36
१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेका हुन् । मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

2 months ago, 12:12:21
नेमकिपा अध्यक्षले भक्तपुरमा गरे मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज यहाँ मतदानपछि उनले अब आउने संसद् र सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधनका लागि ध्यान दिनुपर्ने बताए । उनले आफ्नो पार्टीले खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित गर्ने बताए ।

2 months ago, 12:07:06
११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत

 बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ ।

थप पढ्नुहोस
2 months ago, 12:06:02
रोल्पामा निर्वाचनमा खटिएका प्रहरी अचानक बिरामी

रोल्पामा निर्वाचनका लागि खटिएका प्रहरी कर्मचारी अचानक बिरामी परेका छन् ।

कास्कीको महिला तथा बालबालिका सेवा केन्द्र दरबन्दी भई रोल्पामा कार्यरत प्रहरी सहायक हवल्दार जीवन पन्थी एक्कासी बिरामी भएका हुन् ।

2 months ago, 12:04:49
पहिलो भोट हालेपछि गरिमालाई फुरेको कविता

मेरो पहिलो भोट

मेरो औंलामा लागेको यो निलो मसी
साधारण दाग होइन,
मेरो जिम्मेवारीको चिनो हो,
मेरो आवाज, मेरो अस्तित्व,
मेरो देशप्रतिको पहिलो कसम हो ।
जब म मतदान केन्द्र पुगेँ,
लाइनमा उभिँदा
मनमा हजारौँ प्रश्नहरू थिए,
डर लाग्थ्यो…
कतै गलत हातमा देश नपरोस्,
कतै मेरो पहिलो भोट
भोलिको पश्चाताप नबनोस् ।

थप पढ्नुहोस
2 months ago, 12:04:02
सर्लाहीका सीडीओ भन्छन्- सामान्य विवादहरू मिले, जिल्लाभर सोचेभन्दा राम्रो छ

‘पार्टीहरूका प्रतिनिधिबीच हल्का विवाद भएर अलिकति अशान्ति भएको जस्तो देखिएको मात्रै हो । तर सुचारु भइसकेको छ । मतदाता खुसी छन्,’ सीडीओ कडरियाले अनलाइनखबरसँग भने ।

थप पढ्नुहोस
2 months ago, 12:03:36
दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा

तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए ।

थप पढ्नुहोस
2 months ago, 12:03:09
११ बजेसम्म देशभरि कति खस्यो मत ?

 बिहान ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार विहान ११:०० बजे सम्म देशभर १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कूल मतदाताको १०.१८ प्रतिशत हो ।

थप पढ्नुहोस
2 months ago, 12:02:36
धरान–१५ को मतदानस्थलमा केहीबेर तनाव, एक युवक नियन्त्रणमा

सुनसरीको धरान–१५ स्थित शिक्षा सदन माविमा रहेको मतदानस्थलमा केहीबेर तनाव उत्पन्न भएको छ।

मतदान गर्न आएका व्यक्तिलाई हातपात गर्ने प्रयास गरेपछि एक युवकलाई सशस्त्र प्रहरीले लखेट्दा केहीबेर माहौल तनावपूर्ण बनेको थियो। ती युवक मानसिक सन्तुलन गुमाएका जस्ता देखिने बताइएको छ।

 

थप पढ्नुहोस
2 months ago, 12:01:22
दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा

तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

थप पढ्नुहोस
2 months ago, 12:00:51
प्युठानमा साढे ११ बजेसम्म १९ प्रतिशत मतदान

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्युठानमा बिहान साढे ११ बजेसम्म १९ प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृत हिरण्यराज भण्डारीका अनुसार जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश केन्द्रमा व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए।

थप पढ्नुहोस
2 months ago, 12:00:23
कैलाली-४ मा वडाध्यक्षमाथि ढुंगा प्रहार

कैलालीमा वडाध्यक्षमाथि ढुङ्गा प्रहार भएको छ । कैलाली–४ को गोदावरी नगरपालिका–१० को शंकर आधारभूत विद्यालय मतदान केन्द्रनजिकै वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

थप पढ्नुहोस
2 months ago, 11:49:19
सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

नेपाली कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । खड्काले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को सूर्यज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

थप पढ्नुहोस
2 months ago, 11:47:10
सर्लाही-४ को बलरामा विवाद मिल्यो, मतदान सुरु

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ ।

यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए ।

थप पढ्नुहोस
2 months ago, 11:39:32
सर्लाही-४ को बलरामा विवाद : सीडीओ र प्रहरी प्रमुख पुगे, छलफल जारी

सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर अहिले विवाद मिलाउने प्रयास भइरहेको छ । रास्वपा उम्मेदवार अमरेशकुमार सिंह यो पालिकाका हुन् । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए ।

थप पढ्नुहोस
2 months ago, 11:33:12
सर्लाहीको बलरा–४ विवाद : सीडीओ र प्रहरी प्रमुख पुगे, छलफल जारी

सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर अहिले विवाद मिलाउने प्रयास भइरहेको छ ।

थप पढ्नुहोस
2 months ago, 11:30:00
बिना पास चलेका ११३ सवारीसाधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो।

2 months ago, 11:29:11
राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान पश्चात उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

2 months ago, 11:27:10
अनुमति नभएका सवारी सडकमै होल्ड

देशैभर आज प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी छ । आज देशभर सार्वजनिक सवारी सञ्चालनमा भने रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाका सडक सुनसान छन् । सडकमा अनुमति प्राप्तबाहेकका सवारी सञ्चालन नहोस् भनेर ट्राफिक प्रहरीले जाँचमा पनि कडाइ गरेको छ ।

 

थप पढ्नुहोस
2 months ago, 11:26:39
देशभरिका २३ स्थानमा शंकास्पद वस्तु, सेनाले गर्‍यो डिस्पोज

देशभरिका विभिन्न २३ स्थानहरूमा शंकास्पद वस्तु (होक्स) फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको हो ।

थप पढ्नुहोस
2 months ago, 11:24:02
मिस नेपालको मत

मिस नेपाल लुना लुइँटेलले काठमाडौंको नयाँ बानेश्वरस्थित पाठशाला नेपालको केन्द्रबाट मतदान गरेकी छन् । पासपोर्ट हातमै लिएर उनी भोट हाल्न पुगेकी थिइन् ।

भोट हालेपछि उनले नागरिकको मताधिकार प्रयोग गर्दा उत्साह लागेको बताइन् ।

थप पढ्नुहोस
2 months ago, 11:23:24
१० बजेसम्म काभ्रेमा खस्यो ७ प्रतिशत मत

प्रतिनिधिसभा निर्वाचन २०८२ महेशी अन्तर्गत आज भइरहेको मतदानमा काभ्रेपलाञ्चोक जिल्लामा १० बजेसम्म ७ प्रतिशत मत खसेको छ।

सुरक्षा स्रोतका अनुसार १० बजेसम्म महिला ८६२५ र  पुरुष १४३९३ गरि  २३ हजार १८ (करिब ७ प्रतिशत) मत खसेको हो ।

प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको ४०० मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको जानकारी दिए।

थप पढ्नुहोस
2 months ago, 11:21:48
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईकाअनुसार अध्यक्ष लिङ्देनले वडा कार्यालयको मतदान केन्द्रमा पुगेर आज बिहान ७ः३० बजे मतदान गरेका हुन् ।

2 months ago, 11:18:37
पूर्वसभामुख घिमिरेको आग्रहः मतदानमा सहभागी हुनुहोस्

पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गरेका हुन् ।

मतदान गरेपछि उनले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गरे ।

2 months ago, 11:15:09
सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो

सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।

थप पढ्नुहोस
2 months ago, 11:13:30
हरिवंशले बुढानीलण्ठबाट गरे मतदान, भन्छन्- देशले सक्षम नेतृत्व पाउनेछ

अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले भोट हालेपछि प्रशंसकमाझ उत्साह व्यक्त गर्दै देशले असल र सक्षम नेतृत्व पाउने बताएका छन् ।

‘मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ । आशा गर्छु, यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने छ’ भोट हालेपछि हरिवंशले लेखेका छन् ।

 

थप पढ्नुहोस
2 months ago, 11:12:13
मतदाताको चाहनाविपरीत मतदान अधिकृतले भोट खसालेपछि

सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान गर्न पुगेका थिए । उनको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेको विषयमा विवाद भएको थियो ।

थप पढ्नुहोस
2 months ago, 11:09:35
सीडीओ र प्रहरी प्रमुख पुगेर सम्झाएपछि सर्लाहीको बलरा-१ मा मतदान सुरु

सर्लाहीको बलरा नगरपालिका–१ को एक मतदान केन्द्रको एक केन्द्रमा केहीबेर रोकिएको मतदान फेरि सुरु भएको छ ।

बिहान केहीबेर सो क्षेत्रमा केही युवाहरू उत्रिएर अवस्था तनावग्रस्त बनाउन खोजेका थिए ।

2 months ago, 11:06:01
काभ्रेमा १० बजेसम्म ७ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतदानमा १० बजेसम्म काभ्रेपलाञ्चोकमा ७ प्रतिशत मत खसेको छ । सुरक्षा स्रोतका अनुसार १० बजेसम्म २३ हजार ३९३ मत खसेको छ ।

थप पढ्नुहोस
2 months ago, 11:05:32
चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड

गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन् ।

चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज बिहान मतदान गरेका हुन् ।

थप पढ्नुहोस
2 months ago, 11:05:00
कार्यबाहक मेयर सुनिता डङ्गोलले गरिन् मतदान

काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डङ्गोलले काठमाडौं महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा बिहान ९ बजे मतदान गरेकी छन्।

उनले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्न आग्रह गरेकी छन्।

 

2 months ago, 11:03:23
काठमाडौंमा मतदानपछि गगन- मधेशबारे केही प्रतिशतमात्रै ज्ञान रहेछ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा उनले अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका हुन् ।

थप पढ्नुहोस
2 months ago, 10:56:34
निर्वाचन पर्यवेक्षकलाई ‘अमेरिकी दूतावासले बुथ कब्जा गरेको’ भन्दै भ्रम फैलाइयो

अमेरिकी दूतावासका कर्मचारीले मतदान केन्द्र कब्जा गरेको दावीसहितको एउटा भिडियो निर्वाचनको दिन सामाजिक सञ्जालमा भाइरल भएको छ।

थप पढ्नुहोस
2 months ago, 10:54:21
पर्यटन बोर्डद्वारा आज निःशुल्क शटल बस सेवा

निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क शटल बस सेवा सञ्चालन गरेको छ ।

2 months ago, 10:52:33
गृहमन्त्री अर्यालले ललितपुर-३ मा गरे मतदान

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका छन् ।

थप पढ्नुहोस
2 months ago, 10:50:59
सुनसरीमा ३ घण्टामा १५ प्रतिशत मत खस्यो
2 months ago, 10:48:26
निर्वाचन ‘मनिटरिङ’ गृहमन्त्री

निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरेको छ ।

मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रूम’मा बसी सबै निर्वाचन क्षेत्रहरूको मनिटर गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए ।

2 months ago, 10:46:27
बिहान १० बजेसम्म सुदूरपश्चिममा ८३ हजार बढीले गरे मतदान

सुदूरपश्चिम प्रदेशमा ८३ हजार ९०६ मतदाताले मतदान गरेका छन् ।

बिहान १० बजेसम्म सो संख्यामा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

थप पढ्नुहोस
2 months ago, 10:45:44
दाङका निकुञ्च प्रभावितले किन गरे मतदान बहिष्कार ?

दाङका बाँके राष्ट्रिय निकुञ्ज प्रभावित पीडितहरुले चुनाव बहिष्कार गर्दै मतदान नगर्ने भएका छन् । दांग मध्यवर्ती क्षेत्र बबई गाउँपालिका ७ देउती मावि मलई मतदान केन्द्र र बबई १ जनता आवि जिला मतदान केन्द्रमा अहिलेसम्म मत खसेको छैन ।

2 months ago, 10:45:04
अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो

‘बिहानैदेखि भोट हाल्न पुगेका नागरिकको उत्साहजनक माहोल छ’ मत दिएपछि गजुरेलले भने, ‘अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो ।’

थप पढ्नुहोस
2 months ago, 10:44:26
झापा-५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान

प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन अधिकृतको कार्यालयअनुसार हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र २५ प्रतिशत मतदान भएको छ ।

थप पढ्नुहोस
2 months ago, 10:44:04
बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड भएन

रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा खराब मौसमका कारण ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ।
हेली एभरेस्टको नाइन एन एओबी उडानमार्फत ०५ सदस्यीय टोली बिहान ९:१२ बजे झापा प्रस्थान गरेको थियो।
हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:१० बजे ल्यान्ड गरेको छ।

 

थप पढ्नुहोस
2 months ago, 10:43:30
१० बजेसम्म कैलालीका ५ वटै क्षेत्रमा कति खस्यो मत ?
  • कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१ फागुन बिहान ७ बजेदेखि मतदान जारी छ।
  • निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ देखि १० बजेसम्म २८ हजार ९०८ मत खसेका छन्।
  • कैलाली-१ मा ५२९५, कैलाली-२ मा ६९७०, कैलाली-३ मा ६७७५, कैलाली-४ मा ५२१५ र कैलाली-५ मा ४६५३ मत खसेका छन्।

 

थप पढ्नुहोस
2 months ago, 10:39:27
बाजुरामा १४ हजारले गरे मतदान
2 months ago, 10:39:02
जाजरकोटमा कति खस्यो मत ?
2 months ago, 10:35:29
मतदान गर्न आएनन् नारायणकाजी

आफ्नो निर्वाचन क्षेत्र छाडेर सर्लाही-३ बाट उठेका नेकपाका नारायणकाजी श्रेष्ठले यो निर्वाचनमा मतदान नगर्ने भएका छन्। व्यस्तताका कारण मतदानका लागि गोरखा आउन नसकेको श्रेष्ठको सचिवालयले जनाएको छ ।

सिरानचोक गाउपालिका-८ परोपकार मावि उनको मतदान केन्द्र हो । उनको क्षेत्रबाट यो निर्वाचनमा लेखनाथ न्यौपाने नेकपाका उमेदवार छन् ।

2 months ago, 10:33:11
आयोगको अनुमानः ६५ प्रतिशत मत खस्छ, २४ घन्टाभित्र प्रत्यक्षको नतिजा

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए ।

\'बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ\', उनले भने, \'मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।\'

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए । साथै उनले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताए ।

2 months ago, 10:29:02
सर्लाहीमा विजय बरालको भोट
  • अभिनेता विजय बरालले सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनको मतदान गरेका छन्।
  • बरालले भने, \'मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्\' र आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्।
  • बराल सर्वकालिन ब्लकबस्टर फिल्म \'पूर्णबहादुरको सारंगी\' का अभिनेता हुन्
थप पढ्नुहोस
2 months ago, 10:27:39
मालुमा रोकियो मतदान

दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

थप पढ्नुहोस
2 months ago, 10:25:52
प्रकाश सपुतले गरे मतदान
  • गायक तथा रास्वपाका समानुपातिक उम्मेदवार प्रकाश सपुतले बागलुङको काठेखोला गाउँपालिकास्थित मतदान केन्द्रबाट मत खसालेका छन्।
  • सपुत कलाकारिताबाट चर्चित भएर पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका छन्।
थप पढ्नुहोस
2 months ago, 10:25:22
बारामा निर्वाचन कर्मचारी बेहोस, अस्पताल लगियो

बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

थप पढ्नुहोस
2 months ago, 10:24:01
बटेश्वरका सबै मतदान केन्द्रमा सजिलो मतदान

धनुषाको बटेश्वर गाउँपालिकाको सबै मतदान केन्द्रमा सजिलो मतदान अभियान जारी छ । सजिलो मतदान, साझा अभियान अन्तर्गत हरेक मतदान केन्द्रमा अशक्त तथा अपांगको लागि ह्विलचेयरको व्यवस्था गरिएको  छ ।

अभियानका संयोजक जय कृष्ण महतोका अनुसार ६ वट‌ै मतदान केन्द्रमा सजिलो मतदानको व्यवस्था गरिएको हो ।

अशक्त तथा अपाङ्गहरूलाई मतदान केन्द्रमा मत खसाल्न कुनै प्रकारको अप्ठ्यारो नहोस् भनेर यो अवधारणा अघि बढाइएको  उनले बताए । यो अभियान देशमै पहिलोपटक बटेश्वर गाउँपालिकामा सुरु भएको छ।

2 months ago, 10:14:52
काठमाडौंका ८१७ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरु उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए । प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौँका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।

2 months ago, 10:11:44
दोलखामा हवाई फायर

दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

थप पढ्नुहोस
2 months ago, 10:11:21
मत दिएपछि हर्कः जसले जिते पनि जनता जित्छन्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन जसले जिते पनि जनताकै जित हुने बताएका छन् ।

सुनसरी–१ बाट उम्मेदवारी दिएका साम्पाङले बिहीबार धरान–१८ स्थित कारमेल स्कूल केन्द्रमा मतदान गरेपछि भने, ‘जसले जिते पनि जनताले जित्ने हो । मैले जित्छु भन्ने मौन अवधिअघिसम्म मात्रै हो ।’

जो हारे पनि लोकतन्त्रको हार हुन नहुने उनको भनाइ छ । ‘जनताले जित्नुपर्छ, लोकतन्त्रले जित्नुपर्छ,’ साम्पाङले भने ।

2 months ago, 10:09:10
धनुषामा उत्साहपूर्वक मतदान

धनुषामा शान्तिपूर्वक उत्साह रूपमा मतदान भइरहेको छ । धनुसा जिल्लाभरि ३२३ मतदानस्थलको ६४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

बिहान ९:३० बजेसम्म २१ हजार ५७३ मत खसिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए । धनुषामा जम्मा पाँच लाख १४,५७१ मतदाता रहेका छन् ।

2 months ago, 10:07:44
केन्द्रीय कारागारमा मतदान जारी

जगन्नाथदेवलस्थित केन्द्रीय कारागार, महिला सुधार बन्दीगृह र भद्र बन्दी सुधारगृहमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान जारी छ ।

केन्द्रीय कारागारका १५४, महिला सुधार बन्दीगृहका पाँच र भद्र बन्दीगृहका ४८ कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था मिलाइएको कारागार प्रशासक कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।

कारागार परिसरमा रहेको अस्थायी मतदान केन्द्रमा पाँच महिलासहित २०७ कैदीबन्दी र २४ कर्मचारीको मतदाता नामावली कायम छ ।

2 months ago, 10:05:09
जहाँ स्थानीय कोही पनि मत हाल्न आएनन्

दार्चुलाको दुधिला मावि अपि हिमाल-३ को मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन । स्थानीय कोही पनि मत हाल्न नआएपछि सुरु नभएको हो ।

यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।

2 months ago, 09:59:25
१०५ वर्षीया खड्काले गरिन् मतदान

बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेकी छन् ।

मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताइन् । उनले भनिन्, \'यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।\' रासस

2 months ago, 09:58:21
मानेभञ्ज्याङमा आएनन् मतदाता

ओखलढुंगाको मानेभन्ज्याङ ७ स्थित सातसल्ले मतदान केन्द्रमा अहिलेसम्म मतदाता अनुपस्थित रहेका छन्। उनीहरुले मतदान नगर्ने निर्णय गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए।

हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले स्थानमा अस्पताल स्थापना गर्ने कार्य सरकारले अघि नबढाएपछि उनीहरुले आम भेलाबाटै मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका थिए। दलका प्रतिनिधिहरू पनि अनुपस्थित छन्।

निर्वाचनमा खटाइएका कर्मचारीहरूले जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का उठाउने र मतदान प्रक्रिया तयारी अवस्थामा रहे पनि म त दाता हालसम्म कोही नआएको मतदान अधिकृत प्रवासी राईले बताए । यस सम्बन्धमा स्थलगत अनुगमनका लागि आफू त्यहाँ प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाको भनाइ छ।

 

2 months ago, 09:52:50
वीरगञ्ज कारागारमा ३३ कैदीबन्दीले दिए मत

वीरगञ्ज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सामा रहेका कैदीबन्दीहरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन्। निर्वाचन आयोगले गरेको व्यवस्थाअनुसार वीरगञ्ज कारागारभित्र अस्थायी मतदान केन्द्र स्थापना गरी उनीहरूलाई मतदानको अवसर प्रदान गरिएको हो।

 

2 months ago, 09:50:43
के छ काठमाडौंको हालखबर ?

प्रतिनिधि सभा निवार्चनको दिन बिहीवार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् ।

मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ । मतदान सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किएका छन् ।

आज अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन । हिँडडुल गर्न भने रोक लगाइएको छैन । यहाँको सुरक्षा व्यवस्था र ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ ।

2 months ago, 09:47:51
मत दिएपछि कमल थापाः उत्साहपूर्वक भोट दिनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले मतदान गरेका छन् । राप्रपाबाट काठमाडौं –५ का उम्मेदवार रहेका थापाले बिहान ७ बजे सोही क्षेत्रको विशाल मिलन केन्द्रमा मतदान गरेका छन् ।

मतदानपछि थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको संक्षिप्त प्रतिक्रिया दिए । उनले नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह पनि गरे ।

थप पढ्नुहोस
2 months ago, 09:46:38
ज्ञानेन्द्र शाही र मनऋषि धितालले गरे एकै ठाउँबाट मतदान

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले एकै मतदानस्थानबाट मतदान गरेका छन्।

थप पढ्नुहोस
2 months ago, 09:41:11
पालुङ्टारमा मत खसाले बाबुरामले

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज बिहान ९:१५ बजे गोरखा जिल्ला, पालुङटार–१ स्थित अन्नपूर्ण माबिमा मतदान गरेका छन् ।

थप पढ्नुहोस
2 months ago, 09:39:29
गगनले गरे मतदान

कांग्रेस सभापति गगन थापाले बिहीवार बिहान काठमाडौं-३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी यसपटक सर्लाही–४ बाट उम्मेदवार हुन् । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।

2 months ago, 09:35:28
मतदान सुरु भएको २ घन्टामा देशभर कति मत खस्यो ?

दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

थप पढ्नुहोस
2 months ago, 09:33:52
रुकुम पूर्वमा उत्साहजनक मतदान

प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भइरहेको निर्वाचनमा हिमाली जिल्ला रुकुम पूर्वमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । ​

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९:१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको छ । यो कुल मतदाता संख्याको २१.२४ प्रतिशत हो । ५७ वटा मतदान स्थल रहेको रुकुम पूर्वका सबै केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो ।

 

थप पढ्नुहोस
2 months ago, 09:30:29
विप्लवको ब्यालेट-बन्दुक-ब्यालेट-बन्दुक-ब्यालेट यात्रा

विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।

यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।

थप पढ्नुहोस
2 months ago, 09:28:16
पूर्वसभामुख ओनसरीले गरिन् मतदान

पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । घर्तीमगरले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । 

2 months ago, 09:24:38
तारेकेश्वर-४ मा भेटियो शंकास्पद वस्तु

काठमाडौंको तारकेश्वर-४ डाछी चोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले नेपाली सेनाले डिस्पोजको काम गरिरहेको छ ।

2 months ago, 09:18:18
मत दिएपछि के भनिन् सोबिताले ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले चितवनबाट मतदान गरेकी छन् ।

चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-१५ मंगलपुर पुगेर उनले मतदान गरेकी हुन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आजको निर्वाचन एकदम निष्पक्ष होस् । शान्तिपूर्ण ढंगले देशव्यापी रूपमा निर्वाचन सम्पन्न होस् । मेरो सबैलाई शुभकामना छ ।’

थप पढ्नुहोस
2 months ago, 09:16:47
सुधन गुरुङले मत दिए

गोरखा-१ का रास्वपा उमेदवार सुधन गुरूङले गरे मतदान गरेका छन् ।

2 months ago, 09:13:44
प्रथम महिला पौडेलद्वारा मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिइन् ।

2 months ago, 09:11:44
भोट दिएपछि पाण्डेः कसैको बहुमत आउन मुस्किल छ

नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताएका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गरेका हुन् ।

2 months ago, 09:07:53
हेलिप्टरमार्फत झापा जाँदै बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं क्षेत्र नम्बर २ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् ।

थप पढ्नुहोस
2 months ago, 09:02:41
धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।काठमाडौं-५ को धापासीमा पुगेर उनले मतदान गरेकी हुन् ।

थप पढ्नुहोस
2 months ago, 09:02:20
शेखरले भने- संविधान सुधार गर्नुपर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै दललाई मिलाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको आदर्श स्कुल मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान संशोधनबारे अभिव्यक्ति दिएका हुन् ।

‘सबै दललाई मिलाएर संविधान सुधारमा जानु पर्छ,’ नेता कोइरलाले भने, ‘यसका लागि नेपाली कांग्रेसले नै पहल गर्छ ।’

 

थप पढ्नुहोस
2 months ago, 09:01:26
कारागारमा सकियो मतदान

ताप्लेजुङ जिल्ला कारागारमा मतदान सम्पन्न भएको छ ।

यो कारागारमा जम्मा ४२ मत रहेकोमा सबै कैदी बन्दीले मतदान हालेको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले बताए ।

2 months ago, 08:59:47
विद्या भण्डारीले गरिन् मतदान
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।
2 months ago, 08:58:44
प्रधानमन्त्री कार्कीः अनिवार्य मताधिकार प्रयोग गर्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भनिन्, \'अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।\'
उनले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गरेकी छन् ।
2 months ago, 08:56:17
सुरक्षाकर्मीले बोकेको हतियार पड्किएपछि ...
  • उदयपुरको कटारी नगरपालिका–३ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको सटगन असावधानीवश पड्किएको छ।
  • कोशीका डीआईजी विनादे घिमिरेले सुरक्षाकर्मी लड्दा हतियार पड्किएको बताए।
  • यस घटनामा कुनै क्षति नभएको प्रहरीले उल्लेख गरेको छ।
थप पढ्नुहोस
2 months ago, 08:47:25
मतदान गरेपछि महतले के भने ?

पूर्व अर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान नुवाकोट । पूर्व अर्थ मन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले मतदान गरेका छन् ।

मतदानपछि उनले भनेका छन्, \'आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ। मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो। सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ।\'

2 months ago, 08:44:43
कोशीका ७ मतदानस्थलमा मतदान सुरु हुन बाँकी
  • कोशी प्रदेशका ७ मतदान स्थलमा मतदान सुरु हुन बाँकी रहेको छ।
  • कोशी प्रदेशमा जम्मा १ हजार ९०७ मतदान स्थल छन्।
  • त्यसमध्ये १ हजार ९ सय मतदान स्थलमा मतदान भइरहेको छ।
2 months ago, 08:43:11
मतदान गर्दै पूर्वप्रधानमन्त्री माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् ।
चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
थप पढ्नुहोस
2 months ago, 08:40:47
तनहुँमा कसरी भइरहेकाे छ मतदान ?

तनहुँमा कसरी भइरहेको छ मतदान ? हेर्नुहोस् हाम्रा स्थानीय संवाददाता अमृत सुवेदीको लाइभः

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्-

2 months ago, 08:38:53
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अपिल

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन् ।

बिहीवार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेपछि उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरूमा मतदान सहभागी हुन आह्वान गरे ।

उनले मतगणनाको सन्दर्भमा खसेको मतको आधारमा गणना टोली बनाएर छिटो मत परिणाम सार्वजनिक गर्ने आयोगको योजना रहेको बताए । उनले फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने अठोट रहेको पनि बताए ।

थप पढ्नुहोस
2 months ago, 08:35:55
मतदान गरेपछि शंकर पोखरेलले के भने ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतावाद मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

2 months ago, 08:34:26
रुकुम पश्चिममा शर्माले गरे मतदान

रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले चौरजहारी नगरपालिकास्थित खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले चौरजहारी नगरपालिकास्थित खहरे मतदान केन्द्रबाट मतदान गरे ।

र्माले सम्पूर्ण आम मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे ।

2 months ago, 08:27:34
मतदान गर्दै विश्वप्रकाशले भनेः माहोल राम्रो छ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीवार बिहान साढे ७ बजे मतदान गरे । उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिए ।

2 months ago, 08:24:30
मतदान सुरु हुनासाथ सर्लाही-४ मा हुलदंगा

सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।

यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।

2 months ago, 08:23:24
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

म संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् ।

साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

2 months ago, 08:19:32
झापामा के भइरहेको छ ?

चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा मतदान सुरु भएको छ । मतदाता भोट हाल्न लाइनमा उभिएका छन् । निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । ‘उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन्,’ उनले भने ।

मतदाता पनि उत्साही देखिएका छन् । पहिलो लहरमा मत हालेर फर्किएका ७० वर्षीय मोहनबहादुर पौडेलले भने, ‘नयाँ युगको सुरुवात होस् । परिवर्तनको लहर आओस् ।’

विस्तृत समाचारका लागि-

https://www.onlinekhabar.com/2026/03/1883364/epicenter-jhapa-5-oli-and-balen-are-clashing

2 months ago, 08:17:19
धमाधम मतदान गर्दै नेतादेखि मतदातासम्म

देशभर मतदान भइरहेको छ ।

देशका विभिन्न मतदान स्थलहरूमा नेताहरूदेखि मतदातासम्मले मतदान गरिरहेका छन् ।

2 months ago, 08:15:06
कुलमान घिसिङले गरे मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।

आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?