+
+
Shares

पूर्वगृहमन्त्री लेखकले गरे मतदान

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरबाट मतदान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वगृहमन्त्री रमेश लेखकले कञ्चनपुर–३ क्षेत्रको वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
  • नेता लेखकले यसपालि कञ्चनपुर–३ बाट निर्वाचन लड्न इच्छुक थिए तर महाधिवेशन नेतृत्वले उनलाई टिकटबाट वञ्चित गरेको थियो।
  • नेपाली कांग्रेसले कञ्चनपुर–३ मा पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।

२१ फागुन, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरबाट मतदान गरेका छन् । उनले कञ्चनपुर क्षेत्र नम्बर ३ मा पर्ने वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

लेखक निर्वाचन लड्दै आएको यो क्षेत्रमा कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । नेता लेखक यसपालि पनि कञ्चनपुर–३ बाट निर्वाचन लड्न इच्छुक थिए । तर, विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले उनलाई टिकटबाट वञ्चित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?