६ माघ, काठमाडौं । नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक निर्वाचन लड्दै आएको क्षेत्रबाट कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो ।
बोहराले अनलाइनखबरसँग अहिले आफू टिकट लिइरहेको प्रतिक्रिया दिएका छन् । उनी कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् ।
नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक कांग्रेसबाट चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए । नेकपा एमालेकी उम्मेदवार निरुदेवी पाल १८ हजार ४८५ मतसहित दोस्रो भएकी थिइन् ।
कञ्चनपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्ण लुहार २ हजार ३१ मत पाएर तेस्रो भएका थिए । गत निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेर अन्य दुई जना स्वतन्त्रतर्फ उम्मेदवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4