+
+
Shares

शोकबीच पनि मतदान, परिवर्तनको आशा

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ फागुन २१ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन्।
  • दैलेखमा सवारी दुर्घटनामा मृत्यु भएका हरिलाल भण्डारीका भाइ रेशम भण्डारीले शोकमा मतदान गरेका हुन्।
  • रेशम भण्डारीले 'देशमा केही परिवर्तन आउला, राम्रो नेतृत्व आउला भन्ने आशाले मतदान गर्न आएको हुँ' भने।

२१ फागुन, सल्यान । सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन् ।

जिल्लाको बागचौर नगरपालिका ३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहीबार उनीहरूले मतदान गरेका हुन् ।

६ दिनअघि दैलेखमा भएको सवारी दुर्घटनामा २७ वर्षीय हरिलाल भण्डारीको मृत्यु भएपछि परिवारका सदस्य अहिले क्रिया बसिरहेका छन् । सोही क्रममा मृतकका भाइ रेशम भण्डारीले शोकको अवस्थामै मतदान गरेका हुन् ।

रेशम भण्डारीले देशमा परिवर्तनको आशा राखेर क्रियापुत्रीमा बस्दा पनि मतदान गर्न आएको बताए । ‘घरमा ठूलो पीडा छ, दाजु गुमाएका छौं । तर पनि देशमा केही परिवर्तन आउला, राम्रो नेतृत्व आउला भन्ने आशाले आफ्नो मताधिकार प्रयोग गर्न यहाँ आएको हुँ,” उनले भने ।

परिवार शोकमा रहे पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन उनीहरू मतदान केन्द्र पुगेका हुन् ।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?