२२ फागुन, सल्यान । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानको मतगणना ८ बजेपछि सुरु हुने भएको छ । मतगणना सुरु गर्नुअघि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ।
बिहीबार सम्पन्न भएको मतदानपछि विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका रातभर ढुवानी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्याइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ८ बजे सर्वदलीय र सर्वपक्षीय बैठक बसेर मतगणनासम्बन्धी आचारसंहिता र प्रक्रियाबारे सहमति जुटाइनेछ । त्यसपछि मात्र मतपेटिकाको सिल खोलेर मतगणना सुरु गरिनेछ ।
यस निर्वाचन क्षेत्रमा दुई जना स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्लाका दुर्गम भेगका मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न भौगोलिक विकटताका कारण केही चुनौती देखिए पनि सुरक्षा निकायको कडा स्कर्टिङमा रातभरमै सबै मतपेटिका सदरमुकाम ल्याइएको छ ।
प्रतिक्रिया 4